इजरायली सरकारले गाजा युद्धविराम र बन्धक सम्झौतालाई स्वीकृत गरेको छ । र अब आइतवार देखि कार्यान्वयनको लागि मार्ग खुलेको छ ।
प्रधानमन्त्रीको कार्यालयको विज्ञप्ति अनुसार इजरायलको सरकारले युद्धविराम र बन्धक सम्झौतालाई अनुमोदन गरेको छ।
साथै सरकारले बन्धकहरुलाई फिर्ता गर्ने ढाँचा स्वीकृत गरेको छ । बन्धकहरूको रिहाई आइतवार, जनवरी १९,२०२५ देखि लागू हुनेछ।
सुरक्षा मन्त्रिपरिषद्ले शुक्रबार गरेको सिफारिसमा ३३ सदस्यीय मन्त्री समूहले सहमति अनुमोदन गरेको हो । स्थानीय समय अनुसार शुक्रबार अबेर रातिदेखि शनिबार बिहानसम्म ७ घण्टा लामो छलफल भएको थियो।
गाजामा बन्धक बनाएका तीन जनालाई पहिलो दिन रिहा गर्ने अपेक्षा गरिएको छ। गाजामा प्यालेस्टाइनीहरूको लागि एक वर्ष भन्दा बढी समयमा युद्धबाट पहिलो राहत प्रतिनिधित्व गर्नेछ । मानवीय सहायताको प्रवेशको लागि अनुमति दिनेछ।
इजरायल र हमासबीच बुधबार भएको युद्धविराम सम्झौतापछि कम्तीमा ११६ प्यालेस्टाइनीको मृत्यु भएको छ भने २६४ जना घाइते भएका छन् ।
प्रतिक्रिया