अध्यावधिक गरिएको : अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस-क्षेत्रको डढेलोमा मृत्यु हुनेको संख्या कम्तिमा २७ जना पुगेको छ । आज जनवरी १६ बिहिबारका दिन कूल मृत्यु हुनेको संख्या २७ पुगेको लस एन्जेलस काउन्टीक मृत्यु परीक्षकले बताएका छन्।
सिबिएसन्यूजका अनुसार जनवरी ७ मा विनाशकारी आगो लाग्न थालेदेखि प्यालिसेड्स आगलागीमा १० जना र इटन आगलागीमा १७ जनाको मृत्यु भएको छ।
सिबीएस न्यूजले १३ जना पीडितको नाम पुष्टि गरेको छ भने मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ। चिकित्सा परीक्षकको कार्यालयले सबै पीडितहरूको पहिचान पुष्टि हुन धेरै हप्ता लाग्न सक्ने बताएको छ।
एल.ए. काउन्टी शेरिफ विभागले बिहीबार इटन आगलागी क्षेत्रमा २४ जना सक्रिय बेपत्ता वभएको र प्यालिसेड्स आगलागी क्षेत्रमा ७ जना अझै बेपत्ता रहेको बताएको छ।
प्रतिक्रिया