उत्तर कोरियाद्वारा धेरै क्षेप्यास्त्र परीक्षण

इनेप्लिज २०८१ माघ १ गते १२:२१ मा प्रकाशित

उत्तर कोरियाले ‘धेरै’ क्षेप्यास्त्र परीक्षण गरेको र छोटो दूरीको क्षेप्यास्त्र जापानको सागरमा खसेको दक्षिण कोरियाले जनाएको छ।

उत्तर कोरियाले हाइपरसोनिक(आवाज भन्दा पनि छिटो )चल्ने क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्थाले सोमबार सफल परीक्षण भएको बताएको छ।

उत्तर कोरियाले “धेरै छोटो दूरीको प्राक्षेपिक ( ब्यालिस्टिक )क्षेप्यास्त्र” प्रक्षेपण गरेको छ, जुन स्थानीय समय अनुसार मंगलबार बिहान जापानको सागरमा खसेको दक्षिण कोरियाका संयुक्त सेनाका प्रमुखले बताएका छन्।

क्षेप्यास्त्रहरूले लगभग २५० किलोमिटर उडान भरेको अधिकारीहरूले जनाए ।

“उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपण कोरियाली प्रायद्वीपको शान्ति र स्थिरतालाई गम्भीर रूपमा खतरामा पार्ने स्पष्ट उत्तेजक कार्य हो, र ,हामी यसको कडा निन्दा गर्छौं,” अधिकारीहरूले बिज्ञप्तिमा जनाएका छन् ।

मंगलबारको परीक्षण प्रक्षेपणले जनवरी ६ मा मध्यम दूरीको प्राक्षेपिक (ब्यालिस्टिक) क्षेप्यास्त्रको प्रक्षेपण पछि नयाँ वर्ष २०२५ को दोस्रो क्षेप्यास्त्र परीक्षण हो ।

जापानी मन्त्रीमंडलका सचिव योशिमासा हयाशीले मंगलबार एक पत्रकार सम्मेलनमा जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरिया पूर्ण प्रतिक्रिया सुनिश्चित गर्न वास्तविक समयमा क्षेप्यास्त्र सतर्कता तथ्याङ्क (अलर्ट डेटा) साझा गर्ने सहित नजिकबाट काम गरिरहेको बताए ।

प्रतिक्रिया