नेपाली मूलकी दन्त्य चिकित्सक स्मृति अमात्यले खोलिन टेक्ससको बि-केभ शहरमा दन्त्य चिकित्सालय ,नेपाली समुदायले लाभ लिन सक्ने

इनेप्लिज २०८१ पुष २१ गते १६:५१ मा प्रकाशित

लामो समय देखि अमेरिकाको अस्टिन शहरमा बस्दै आएकी दन्त्य चिकित्सक स्मृति अमात्यले अस्टिन शहर देखि पश्चिममा रहेको शहर बि-केभमा आफैले दन्त्य चिकित्सालय प्रारम्भ गरेकी छिन् ।

यो नेपाली समुदायको लागि गौरव बिषय हो भने नेपाली समुदायले लाभ उठाउन पाउने भएका छन् । अस्टिन वरपर बसोबास गर्ने नेपाली समुदायले शनिबार समेत सेवा पाउने भएका छन् ।

अधिकांश शहरहरुमा सप्ताहान्त शनिबार र आइतबार सेवा प्रदान नगरिने भएता पनि डा अमात्यले शनिबार सेवा सुचारु गर्ने जनाएकी छिन ।

हालसालै उद्घाटन भएको उनको दन्त्य चिकित्सालयको नाम नै शहर कै नामबाट संचालनमा आएको छ । उनको दन्त्य चिकित्सालयको नाम बि केभ फ्यामिली डेन्टिस्ट्री राखिएको छ ।

बि केभ फ्यामिली डेन्टिस्ट्री दन्त्य चिकित्सालयले अमेरिकामा रहेका थुप्रै बिमा संस्थाहरुको दन्त्य बिमालाई स्वीकार्ने जनाएको छ । जसमा एटना पिपिओ,अमेरिटास ,डेल्टा ,मेटलाइफ लगायत रहेका छन् ।

भविष्यमा अफ्लाक,सिग्ना डिपीपीओ ,युनाईटेड हेल्थकेयर लगायतका बिमा पनि स्वीकृत गरिने डा स्मृतिले ईनेप्लिजलाई बताइन । हाललाई बि केभ फ्यामिली डेन्टिस्ट्रीको सेवा मंगलबार ,बुधबार ,शुक्रबार बिहान ८:३० देखि ४ :३० सम्म संचालनमा ल्याइएको छ ।

त्यस्तै व्यस्त हुनेहरुको लागि शनिवार बिहान ९ बजे देखि २ बजे सम्म सेवा प्रदान गरिने छ । उक्त दन्त्य चिकित्सालयमा वयस्क तथा बालबालिकाहरुले समेत सेवा लिन सक्ने छन् ।

यहाँहरुलाई डा स्मृति अमात्य सँग सेवा लिन चाहना भएमा 512 885 2020 मा सम्पर्क गरि समय लिन सकिने छ ।

दन्त्य चिकित्सालयको आधिकारिक संजालस्थल( वेबसाइट) https://beecavefamilydentistry.com/about-us/ मा बिस्तृत जानकारी लिन सकिने छ ।

नेपालमा समेत दन्त्य चिकित्सक भै कूल १५ बर्षको अनुभव बटुलेकी स्मृतिले बोस्टनबाट दन्त्य चिकित्सकमा विशेषज्ञता हासिल गरेकी छिन् । नेपाल काठमाडौँ चाबहिलमा जन्मिएकी अमात्यको घर पाटन हो । उनका श्रीमान निल अमात्य पनि मधुमेह रोग विशेषज्ञ (चिकित्सक )हुन् ।

उनले सबै नेपाली समुदायलाई एक पटक सेवाको मौका दिन अनुरोध गरेकी छिन् ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होला :https://beecavefamilydentistry.com/about-us/

प्रतिक्रिया