पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टर आगामी मंगलबार सम्म जर्जिया राज्यको एटलान्टाको कार्टर प्रेसिडेंशियल सेन्टरमा रहने भएका छन् ।
श्रद्धान्जली अर्पण गर्नेहरूले गत शनिबार बेलुका ७ बजे देखि केन्द्रमा श्रद्धाञ्जली अर्पण गरेका छन् । शनिबार देखि बिहान ६ बजे बिहान मंगलबार सम्म कार्टरको शवलाई एटलान्टामा राखिने भएको छ ।
एबिसीन्यूजका अनुसार उनलाई मंगलबार बिहान वासिङ्टन डीसी लगिनेछ । कार्टरको शव मंगलबार दिउँसो देखि बुधबार सम्म डिसी स्थित अमेरिकी संसद भवन (क्यापिटल)मा हुनेछन् ।
बिहीबार बिहानगणमान्य व्यक्तिहरू वाशिंगटन स्थित राष्ट्रिय मुख्य गिर्जाघर (नेशनल क्याथेड्रल)मा कार्टरको राज्य अन्त्येष्टिको लागि डिसीमा भेला हुनेछन्। राष्ट्रपति जो बाइडेनले श्रद्धाञ्जली दिने अपेक्षा गरिएको छ।
बिहीबार दिउँसो कार्टरको शव निजी सेवा र निजी लाश गाढन(दफन )को लागि आफ्नो गृहनगर प्लेन्स, जर्जिया फर्कनेछन्।
त्यस्तै एटलान्टाको कार्टर प्रेसिडेंशियल सेन्टर(कार्टर राष्ट्रपतिय केन्द्र )मा पूर्व राष्ट्रपति जिमी कार्टरका नाति जेसन कार्टरले बोले ।
प्रतिक्रिया