अमेरिकाको भर्जिनिया राज्यको मनासास पार्क शहर स्थित एउटा आवाशगृह भित्र नेपाली मूलका दुई वयस्क र दुई साना बालबालिकाको शव फेला परेको छ। प्रहरीका अनुसार घटनालाई प्रारम्भिक रूपमा “हत्या–आत्महत्या”को दृष्टिले अनुसन्धान थालिएको छ।
गएराति (जुन ५) करिब १०:४० बजे लानाए मार्गको घर समूह ९४०० अवस्थित भूई तलामा कल्याणकारी जाच(वेलफेयर चेक)लागि बोलाइएको थियो। घरधनीले मूनी बसोबास गरिरहेका परिवारसँग सम्पर्क हुन नसकेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी आवासगृह प्रवेश गर्दा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ र दुई साना बालबालिकाको शव भेटिएको हो। मृत बालकमध्ये एक जना २ वर्षको छोरा र अर्की ८ वर्षीया छोरी थिइन्। उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ।
चारै जनाको मृत्यु गोली लागेर भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ भने घटनास्थलबाट एकथान बन्दुक बरामद गरिएको छ। कसले गोली चलायो भन्ने पुष्टि प्रहरीले अझै गरेको छैन।
शवहरूलाई शव परिक्षण गर्नको लागि मनाससको शव परिक्षण कार्यालयमा पठाइएको एनविसिवासिॅगटन तथा बिभिन्न स्थान्य पत्रपत्रिकाले समाचार लेखेकावछ। घटनाले नेपाली समुदाय र स्थानीय वासिन्दामा गहिरो शोक छाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र सार्वजनिक धैर्यको अपेक्षा गरेको जनाएको छ।
प्रतिक्रिया