इलन मस्कमाथि छानबिन गरिओस्: ट्रम्प समर्थक स्टिभ ब्याननको कडा माग

इनेप्लिज २०८२ जेठ २४ गते १६:५६ मा प्रकाशित

राष्ट्रपति डोनाल्ड ट्रम्पसँग इलन मस्कबीच चर्किएको सम्बन्धले अमेरिकी राजनीतिमा नयाँ मोड लिँदै गर्दा ट्रम्पका निकट सहयोगी स्टिभ ब्याननले शुक्रबार मस्कमाथि संघीय अनुसन्धानको माग गरेका छन्।

 सिविएससँगको अन्तर्वार्तामा ह्वाइट हाउसका पूर्व मुख्य रणनीतिकार ब्याननले मस्कको सम्भावित लागूपदार्थ प्रयोग, चिनियाँ सम्पर्क र नागरिकताको वैधानिकता विषयमा तुरुन्त छानबिन हुनुपर्ने बताएका छन्। 

उनको सुरक्षा अनुमतिपत्र खोस्नु पर्छ ! उनले कुनै नशा गरेका थन कि या चीनसँग के सम्बन्ध छ? र ,उनको अमेरिकी नागरिकताको प्रक्रिया ठीक थियो कि थिएन ? यी सबै छानबिन हुनुपर्छ,” ब्याननले स्पष्ट शब्दमा भने।

ब्याननले दक्षिण अफ्रिकाबाट अमेरिका आएका मस्कले प्रवेशाज्ञा( भिसा)पनि उल्लङ्घन गरेको आशंका पनि व्यक्त गरे। “यदि उनले प्रवेशाज्ञा र समय भन्दा ज्यादा बसे कि र त्यो ढाँटेको हो भने, त्यो गम्भीर कुरा हो,” उनले थपे।

 मस्कले राष्ट्रपति ट्रम्पको चुनावी अभियानमा २७७ मिलियन डलरभन्दा बढी सहयोग गरेका थिए। 

शुरुमा ट्रम्प प्रशासनसँग उनको राम्रो सम्बन्ध थियो, तर पछिल्लो समय सामाजिक सञ्जालमा तीतो वाकयुद्ध चलेको छ।

ब्याननले मस्कको कुख्यात सरकारी दक्षता बिभाग परियोजनामाथि पनि प्रश्न उठाएका छन्। 

ब्याननले मस्कलाई चीनको कम्युनिस्ट पार्टी(दल)को  “स्वामित्वमा” रहेको आरोप समेत लगाएका छन् । र ,ट्रम्प प्रशासनलाई कडा कारबाहीको आह्वान गरेका छन्।

प्रतिक्रिया