ट्रम्प–मस्क विवाद: अब म मस्कको बारेमा सोच्दिन :राष्ट्रपति ट्रम्प

इनेप्लिज २०८२ जेठ २४ गते १४:०९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्ला तथा एक्सका मालिक इलन मस्कबीचको सामाजिक सञ्जालमा भएको विवादले राजनीतिक र प्राविधिक क्षेत्र तताएको छ। 

ट्रम्पले सीएनएनसँगको अन्तर्वार्तामा भने, “म मस्कको बारेमा सोच्दिन ,” र हाललाई मस्कसँग कुनै सम्पर्क नराख्ने बताएका छन्।

यो विवादको सुरुआत राष्ट्रपति ट्रम्पले मस्कको सरकारसँग भएका ठूला ठेक्काहरू कटौती गर्ने कुरा उठाएपछि भएको हो। 

यस वाकयुद्धमा ट्रम्पले स्पष्ट संकेत दिएका छन् र उनी मस्कसँग “अहिलेलाई केही समय” बोल्ने पक्षमा छैनन्। 

उता, मस्कले ट्रम्पलाई “पाखण्डी” भन्नेदेखि लिएर एपस्टिनसँग सम्बन्ध रहेको आरोपसम्म लगाएका छन्।

यो झगडाले प्रविधि र राजनीतिक सम्बन्धहरूमा चिसोपन ल्याएको छ। 

प्रतिक्रिया