अमेरिका मा मे महिनामा रोजगारी वृद्धि सुस्तायो,१३९ हजारलाई रोजगारी 

इनेप्लिज २०८२ जेठ २४ गते १३:३२ मा प्रकाशित

अमेरिकामा मे महिनामा १,३९,००० जनाले नयाँ रोजगारी पाएका छन्। जुन अघिल्ला दुई महिनाको तुलनामा सुस्त भएको देखिएको छ। 

रोजगारी वृद्धिमा आएको यो मन्दी व्यापार, कर प्रणाली र मौद्रिक नीतिको अनिश्चितताका कारण रोजगारदाताहरूले नयाँ कर्मचारी नियुक्त गर्न हिच्किचाएको संकेतको रूपमा हेरिएको छ।

श्रम मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या विश्लेषकहरूको अनुमान (१,३०,०००) भन्दा केही माथि भए पनि अप्रिलको प्रारम्भिक १,७७,००० र मार्चको १,८५,००० को तुलनामा धेरै कम हो।

बेरोजगारी दर लगातार तेस्रो महिना ४.२% मा स्थिर रहेको छ ।

प्रतिक्रिया