अमेरिकामा कम्तिमा पनि २ दर्जन भन्दा बढी राज्यहरुमा बिशाल हिउँ पर्ने भएकोले करिव ७ करोड मानिसहरु जाडोको सतर्कता अन्तर्गत रहेका छन् ।
अमेरिकाको मध्य भागमा यसले ठूलो असर गर्ने छ भने लाखौं लाख मानिसहरुले हिउँ, बरफ वा भारी वर्षाको सामना गर्ने छन् ।
सिएनएनका अनुसार लगभग ७० मिलियन अर्थात् ७ करोड मानिसहरू देशव्यापी रुपमा जाडो सतर्कता अन्तर्गत रहेका छन् । शक्तिशाली मौसमले हिउँ, बरफ र हिमपात र शक्तिशाली मिश्रण ल्याउने अपेक्षा गरिएको छ । ५० माइल प्रतिघण्टा सम्म चल्ने छ।
अमेरिकाको मिजौरी देखि मध्य एट्लान्टिकसम्म फैलिएको विशाल क्षेत्रहरूमा यात्रा अवस्था कठिन र बिजुली बिच्छेद हुन् सक्ने छ । कुनै कुनै राज्यहरुमा यो एक दशकमा सबैभन्दा ठूलो हिमपात हुन सक्ने एनओएए अर्थात् राष्ट्रिय महासागर र वायुमण्डलीय प्रशासनले चेतावनी दिएको छ ।
आइतवारसम्म मिसिसिपी उपत्यका र मध्यपश्चिमका केही भागहरूमा जाडो फैलने छ । यो हिमपात ओहायो उपत्यका र दक्षिणपूर्वमा आइतवार पछि र आइतबार राती र सोमबार पूर्वी तटमा विस्तार हुनेछ।
मौसम सेवाले कन्सास शहर (सिटी )मेट्रो क्षेत्रका केही भागहरू सहित क्यान्सस महानगर क्षेत्रका केही भागहरूलाई गत शनिबार दिउँसो हिम तूफानको चेतावनी दिएको थियो । उक्त क्षेत्रमा ५० माइल प्रतिघण्टासम्म हावा चल्ने र १४ इन्चसम्म हिउँ पर्नेछ ।
७० मिलियन मानिसहरू मध्ये लगभग ४ मिलियन पूर्वी क्यान्सस र पश्चिमी मिजौरीका धेरै भागहरू हिमपातको चेतावनीमा रहेका छन्।
केही अन्य ठाउँहरू वर्षा वा बरफको मिश्रणको रूपमा सुरु हुन्छ र बिस्तारै हिउँमा परिवर्तन हुने मौषम सेवाले जनाएको छ ।
प्रतिक्रिया