पूर्व राष्ट्रपति जिमी कार्टरको एक हप्ता लामो अन्त्येष्टि समारोह औपचारिक रूपमा सुरु भएको छ । अमेरिकी गुप्तचर बिभागका गुप्तचरहरुले कार्टरको शव बाकस बोकी गाडीमा राखेका छन् ।
उनलाई सम्मान गर्न अमेरिकी झण्डा बोकेका मानिसहरु अमेरिकाको जर्जियाको फोबी सम्टर चिकित्सा केन्द्र (मेडिकल सेन्टर )बाहिर भेला भए।
वर्तमान र भूतपूर्व गुप्तचर बिभागका गुप्तचरहरू जसले कार्टरलाई पदभार ग्रहण गरे देखि संरक्षण गरेक थिए उनीहरुले कफन बाकस उठाए।
कार्टरको बाल्यकालको घरमा पनि लागिएको छ । शव वाहन जर्जियाको प्लेन्सको अगाडि रोकियो जुन पूर्व राष्ट्रपति जिमी कार्टरको बाल्यकालको घर थियो। बाल्यकालमा उनको घरमा पानी र बिजुली थिएन।
अब उक्त घर जिमी कार्टर राष्ट्रिय ऐतिहासिक उद्यानको एक भाग हुनेछ । घरमा काम गर्ने राष्ट्रिय निकुञ्ज सेवाका कर्मचारीहरूले शव लाने वाहनलाई अभिवादन गरे । उनको सम्मानमा ३९ औ पटक फार्म बेल अर्थात् ठूलो घन्टी बजाइएको थियो।
जर्जियाका बासिन्दाहरू एलाभिलदेखि फोर्ट भ्यालीसम्मका आफ्ना परिवारहरूसँग अमेरिकी झण्डाहरू समातेर शनिबार पूर्व राष्ट्रपति जिमी कार्टरको शववाहन हेर्नको लागि सडकमा आएका थिए । कार्टरको गृहनगर प्लेन्सबाट एटलान्टा जाने बाटोमा शववाहनले जर्जियाका धेरै शहरहरू हुँदै यात्रा गरिरहेको छ।
शव वाहन दिउँसो ३ बजे एटलान्टा पुग्ने कार्यक्रम रहेको थियो ।प्रेस्टन, एलाभिल, बटलर, रेनोल्ड्स र फोर्ट भ्याली शहरहरूका जनताले शव वाहन हेर्न पाएका छन् ।
दिउँसो ३ बजे एट्लान्टा आइ पुगे पछि मौन धारण गरि राज्यको संसद भवनमा राखिने छ । कार्टरको शव त्यसपछि बेलुका ४ बजे कार्टर राष्ट्रपतिय केन्द्र (प्रेसिडेन्सियल सेन्टर)मा सेवाको लागि लगिने एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया