अमेरिकाका १४ वटा राज्यहरुमा ४ करोड ७० लाख मानिसहरु हिमपातको चपेटामा पर्ने भविष्यवाणी गरिएको छ । सबै राज्यहरुमा सतर्कता अपनाउन आह्वान गरिएको छ ।
भर्जिनियाका गभर्नरले हिमपातको आपतकालिन अवस्थाको घोषणा गरेका छन् । हिमपात पहिले मैदानी क्षेत्रमा र त्यसपछि पूर्व मध्य एट्लान्टिकमा सर्ने मौषम सेवा बिभागले जनाएको छ ।
अमेरिकाका १४ वटा राज्यहरूमा करिब ४७ मिलियन अर्थात् ४ करोड ७० लाख अमेरिकीहरू शनिबार बिहान सबेरै जाडो मौसम सतर्कता अन्तर्गतमा रहेका छन् । हिमपात क्यानसस देखि पूर्वी तटमा फैलिने र सोमबार सम्म कायम रहने अपेक्षा गरिएको छ ।
मध्य मैदानहरूमा वर्षा, हिउँ र बरफको मिश्रणको रूपमा शनिबार यो हिमात सुरु हुने मौषम सेवाले बताएको छ । क्यानसस शहर मिजौरी क्षेत्रमा शनिबार साँझ खतरनाक रूपमा हिमपात पर्ने छ । हिमपात राजमार्ग ७० देखि सेन्ट लुइस सम्म आउने छन् भने शनिबार रातीदेखि आइतवारसम्म भारी हिउँ पर्न सक्ने एबिसन्यूजले बताएको छ । आइतवारसम्म ओहायो उपत्यकादेखि मध्य एट्लान्टिक सम्मका धेरै शहरहरूमा बरफ र हिउँ पूर्वतिर सर्दा जोखिमपूर्ण यात्राको सामना गर्नुपर्ने छ ।
भर्जिनियाका गभर्नर ग्लेन यङकिनले शुक्रबार राती हिमपातको कारण आपतकालिन अवस्थाको घोषणा गरेका छन् । यसैबीच दक्षिणमा आइतवार दिउँसो ह्युस्टनदेखि मेम्फिस र टेनेसीसम्म हानिकारक हावा र हिमपात आँधीबेरी आउन सक्ने छ ।
आइतवार रातिसम्म हिउँ वाशिंगटन डिसी आउने छ । जसले गर्दा मध्य एट्लान्टिकको धेरै इन्च हिउँ पर्ने भएकोले सोमबार बिहानको यात्रा खतरनाक हुन सक्छ। बाल्टिमोर र फिलाडेल्फियामा ६ इन्च वा सोभन्दा बढी हिउँ पर्ने सम्भावना रहेको छ। अर्को हप्ताको मध्यसम्ममा अमेरिकाको पूर्वी भागमा सामान्यभन्दा १० देखि २५ डिग्री कम तापक्रम पुग्ने छ ।
प्रतिक्रिया