अमेरिकाको लुजियानामा नयाँ बर्ष मनाउन जम्मा भएका भिडमा ठक्कर दिई १० जनाको हत्या गर्ने चालकलाई प्रहरीद्वारा गोली चलाउदा मृत्यु

इनेप्लिज २०८१ पुष १७ गते १७:४५ मा प्रकाशित

अमेरिकाको लुजियाना राज्यमा जानीजानी गाडीले ठक्कर दिई १० जनाको हत्या गर्ने चालकलाई प्रहरीद्वारा गोली चलाउदा मृत्यु भएको छ । लुजियानाको न्यू अर्लिन्स प्रहरीले अधिकारीहरूले चालकलाई गोली हानेर हत्या गरेको पुष्टि गरेको छ । उक्त चालकले नयाँ बर्ष २०२५ मनाउने क्रममा गाडीले भिडलाई जोत्दै लाग्दा १० जनाको ज्यान गएको थियो ।

न्यू अर्लिन्स प्रहरीले अधिकारीहरूले चालकलाई गोली हानेर हत्या गरेको पुष्टि गरेको छ। बोर्बन मार्गमा नयाँ वर्ष मनाउने क्रममा चालकले भीडमा मालबाहक गाडीले ठक्कर दिएका थिए । गोली हानाहानमा दुई जना प्रहरी अधिकारीलाई पनि गोली लागेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था स्थिर रहेको प्रहरी बिभागले जनाएको छ ।

एनओपीडीका अनुसार आक्रमणमा कुल १० जनाको मृत्यु भएको छ भने कम्तीमा ३५ जना घाइते भएका छन् । सिएनएनका अनुसार प्रहरी अधिकारीहरूले पीडितहरूको अवस्थाको बारेमा कुनै अध्यावधिक जारी गरेका छैनन्।

प्रतिक्रिया