बाइडेनद्वारा क्रिसमसको पूर्वसन्ध्यामा ५० वटा विधेयकमा हस्ताक्षर

इनेप्लिज २०८१ पुष १० गते १४:०८ मा प्रकाशित

राष्ट्रपति जो बाइडेनले क्रिसमसको पूर्वसन्ध्यामा कानूनमा ५० वटा विधेयकमा हस्ताक्षर गरेका छन् । उनको कार्यालय समय समाप्त हुनु अगाडी उनले ५० वटा बिधेयकमा हस्ताक्षर गरेका हुन् ।

उनले हस्ताक्षर गरेका बिधेयकहरूमा आवासीय उपचार सुविधाहरूमा बस्ने किशोरकिशोरीहरूलाई जोगाउनको लागि समाजवादी र कार्यकर्ता पेरिस हिल्टनको बिधेयक , बिश्वबिद्यालयरूमा एन्टी-हेजिङ( होच्याउने/हतोत्साह ) मापदण्डहरू स्थापित गर्ने बिधेयक र केही अपराधमा दोषी ठहरिएमा कांग्रेसका सदस्यहरूलाई निवृति भरण (पेन्सन) सङ्कलन गर्नबाट रोक्ने विधेयक समावेश छ।

हिल्टन संस्थागत बाल दुर्व्यवहार रोक्ने बिधेयक हो जुन गत हप्ता तल्लो सदन तथा सिनेटले पारित गरेको थियो। कानूनले स्वास्थ्य, सुरक्षा, हेरचाह, उपचार र पुनर्वास र अन्य सुविधाहरूमा नाबालिगहरूको नियुक्तिको निरीक्षण गर्न युवा आवासीय कार्यक्रमहरूमा संघीय कार्य समूह सिर्जना गर्दछ।

राष्ट्रपतिले हस्ताक्षर गरेको अर्को विधेयक एस. ९३२ हो । सार्वजनिक भ्रष्टाचारसँग सम्बन्धित अपराधमा दोषी ठहरिएका कांग्रेसका सदस्यहरूलाई उनीहरूको सेवानिवृत्ति भुक्तानीहरू प्राप्त गर्न निषेध गर्दछ। अघिल्लो कानूनले सदस्यहरूलाई सबै अपीलहरू समाप्त भएपछि मात्र धनादेश (चेक)हरू प्राप्त गर्न जारी राख्न अनुमति दिएको थियो।

अर्को नयाँ कानून एस ४६१० हो । गत सोमबार राष्ट्रपति बाइडेनले मृत्युदण्डको सजाय भोगिरहेका ४० संघीय कैदीहरू मध्ये ३७ जनालाई माफी दिए।उनीहरूको सजायलाई आजीवन कारागारमा परिणत हुने गरि बाइडेनले माफी दिए पछि यो कदमले विपक्षलाई स्तब्धता र पक्षलाई प्रशंसा गराएको छ ।

बाइडेनले गत सोमबार ६६ वटा नयाँ संघीय न्यायाधीशहरू सिर्जना गर्ने विधेयकलाई पनि प्रतिषेधाधिकार (भिटो) गरे ।

प्रतिक्रिया