अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पतालबाट रिहा भएका छन् । उनका प्रवक्ताका अनुसार उनलाई फ्लूको उपचार गरिएको थियो।
मंगलबार बिल क्लिन्टन १ दिनको बसाईपछि अस्पतालबाट रिहा (डिस्चार्ज )भएका हुन् ।
उनी र उनको परिवार मेडस्टार जर्जटाउन बिश्वबिद्यालय अस्पतालमा टोलीद्वारा प्रदान गरिएको असाधारण हेरचाह र रेखदेख गरेकोमा धन्यबाद दिइएको छ ।
साथै उनलाई सन्देशहरू र शुभकामनाहरू पठाउने प्रति कृतज्ञता व्यक्त गरिएको क्लिन्टनका उप प्रमुख कर्मचारी प्रमुख एन्जेल युरेनाले एक विज्ञप्तिमा भनेकी छन्।
७८ वर्षीय क्लिन्टनलाई ज्वरो आएपछि सोमबार वासिङ्टनको अस्पतालमा भर्ना गरिएको थियो । क्लिन्टन, डेमोक्र्याटका ४२ औं राष्ट्रपति हुन् । सन् २००१ देखि व्हाइट हाउस छोडेदेखि उनि केही स्वास्थ्य समस्याहरूबाट ग्रस्त थिए।
सेप्टेम्बर २००४ मा उनको मुटुको बाइपास शल्यक्रिया गरिएको थियो । त्यस्तै फेब्रुअरी २०१० मा उनको मुटुमा दुई वटा कृतिम धमनी नली अर्थात् (कोरोनरी स्टेन्ट ) राखिएको थियो। उनले २००५ मा फोक्सोको शल्यक्रिया पनि गराएका थिए।
सन् २०२१ मा रगत संक्रमणको कारण धेरै दिनसम्म क्यालिफोर्नियाको अस्पतालमा भर्ना भएका थिए। उनि जनवरी १९९३ देखि जनवरी २००१ सम्म अमेरिकी राष्ट्रपतिको रूपमा देश सेवा गरेका थिए ।
प्रतिक्रिया