अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन ज्वरो बढे पछि अस्पताल भर्ना भएका छन् । उनलाई सोमबार दिउँसो डिसी स्थित जर्जटाउन युनिभर्सिटी मेडिकल सेन्टरमा भर्ना गरिएको एबिसीन्यूजले जनाएको छ ।
क्लिन्टनलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको एक प्रवक्ताले सोमबार बताएका छन् ।
७८ वर्षीय क्लिन्टनलाई सोमबार दिउँसो वाशिंगटन, डिसीको जर्जटाउन युनिभर्सिटी मेडिकल सेन्टर(बिश्वबिद्यालय अस्पताल )मा भर्ना गरिएकोछ । ज्वरो आएपछि परीक्षण र अवलोकनका लागि उनलाई भर्ना गरिएको उनका उपप्रमुख कर्मचारी एन्जल युरेनाले एक विज्ञप्तिमा बताएका छन् ।
उनी राम्रो अवस्थामा रहेको छ र उनले उत्कृष्ट हेरचाह प्राप्त गरि रहेको बिज्ञप्तिमा भनिएको छ । क्लिन्टनलाई विगत दुई दशकमा धेरै स्वास्थ्य समस्याहरू देखा परेका छन्, जसमध्ये उनलाई प्रायः मुटुको समस्या पनि छ ।
सेप्टेम्बर २००४ मा उनको मुटुको बाइपास शल्यक्रिया गरिएको थियो । त्यस्तै फेब्रुअरी २०१० मा उनको मुटुमा दुई वटा कृतिम धमनी नली अर्थात् (कोरोनरी स्टेन्ट ) राखिएको थियो। उनले २००५ मा फोक्सोको शल्यक्रिया पनि गराएका थिए।
सन् २०२१ मा रगत संक्रमणको कारण धेरै दिनसम्म क्यालिफोर्नियाको अस्पतालमा भर्ना भएका थिए। उनि जनवरी १९९३ देखि जनवरी २००१ सम्म अमेरिकी राष्ट्रपतिको रूपमा देश सेवा गरे।
प्रतिक्रिया