अमेरिकाले सिरियाली बिद्रोही समूहका नेतालाई राखेको १० मिलियन डलरको इनाम हटाउने भएको छ । विद्रोही समूहका नेताले अमेरिका र यसका सहयोगीहरूलाई आतंकवादी खतरा रोक्न प्रतिबद्ध रहेको एनबिसीन्यूजले जनाएको छ ।
अमेरिकाले यस महिनाको सुरुमा बसर अल-असदको सत्ताच्युत गर्ने विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएस) का प्रमुख सिरियाली नेता अबु मोहम्मद अल-जोलानीलाई राखेको १० मिलियन डलरको इनाम हटाउने तयारी गरेको छ।
उनको टाउकोलाई तोकेको इनाम हटाउने भएको छ ।
यो निर्णय अमेरिकी कूटनीतिज्ञहरू र एचटीएस बीच शुक्रबार डमास्कसमा भएको बैठक पछि भएको हो । जोलानीले सिरियामा आतंकवादी समूहहरूले अमेरिका र यसका सहयोगीहरूलाई खतरा नबनाउन प्रतिबद्धता जनाएको निकट पूर्वी मामिलाका लागि सहायक राज्य सचिव बारबरा लीफले भनिन् ।
उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डलको सिरियाको राजधानीको भ्रमण सरकारको पतनपछिको पहिलो यस्तो यात्रा थियो।
प्रतिनिधिमण्डलको नेतृत्व गर्ने लीफले अन्तरिम सरकारसँगको बैठकलाई “धेरै राम्रो, धेरै फलदायी” र “विस्तृत” भनी वर्णन गरिन् । लीफले जोलानी आफैं “व्यावहारिक” भएको बताए।
प्रतिक्रिया