अमेरिकी संघीय सरकार बन्द हुनबाट जोगियो ,अमेरिकी तल्लो सदनद्वारा समयसीमा भन्दा अगाडी विधेयक पारित

इनेप्लिज २०८१ पुष ५ गते २३:२९ मा प्रकाशित

अमेरिकी संघीय सरकार बन्द हुनबाट जोगिएको छ । अमेरिकी तल्लो सदनले समयसीमा भन्दा अगाडी नै सरकारी काम बन्द गर्ने विधेयक पारित गरेको छ

संघीय सरकार बन्द हुन् बाट रोक्न मध्यरातको समयसीमा भन्दा केही घण्टा अघि सदनले स्टपग्याप अर्थात् अस्थायी समाधान गर्दै कोष विधेयक पारित गर्न मतदान गरेको छ। मतदान हुँदा हुन्छ भन्ने पक्षमा ३६६ थिए भने हुदैन भन्ने पक्षमा ३४ रहेको थियो। ३४ जना रिपब्लिकनले बिलको विपक्षमा मतदान गरे।

एक डेमोक्रेट सांसद उपस्थित भै मत दिए। यो बिधेयकले अर्को बर्षको मार्चमा सरकारी कोष विस्तार गर्नेछ। सिएनएनका अनुसार यो बिधेयक प्रकोप राहत र खेती प्रावधानहरू समावेश रहेको जनाएको छ ।

अब यो सिनेटले पारित गर्ने र हस्ताक्षरको लागि राष्ट्रपति जो बाइडेनलाई पठाइने छ । कोष बिधेयक “आवश्यक कदम” थियो ,सभामुख माइक जोन्सनले भने ।

सरकारको कोष मार्च सम्म राख्ने विधेयक संसदले पारित गरेको छ । विपद् राहत र खेतीका प्रावधानहरू समावेश गरिएको विधेयक अब सिनेटमा जानेछ।

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बिहीबार बिधेयकमा ऋण सीमा निलम्बन गर्न माग गरेपछि जोनसनले नयाँ सम्झौताको साथ आउनुपर्‍यो । जुन हिजो राती असफल भयो। शुक्रबार सदनले पारित गरेको यो विधेयकले ऋणको सीमालाई सम्बोधन गरेको छैन ।

उनले सिनेटमा द्रुत पारित गर्न आग्रह गरे।

प्रतिक्रिया