रुसी रासायनिक हतियार इकाईका प्रमुख जनरल (रथी)इगोर किरिलोभको हत्याका संदिग्ध पक्राउ परेको रुसले जनाएको छ।
रुसको सुरक्षा सेवाले बुधबार मस्को बम विस्फोटमा एक वरिष्ठ जनरलको हत्यामा संलग्न एक संदिग्धलाई पक्राउ गरेको जनाएको छ। संदिग्ध उज्बेक नागरिकको भएको जसलाई युक्रेनी गुप्तचर सेवाहरूले भर्ती गरेको बताएको छ।
युक्रेनी सुरक्षा स्रोतहरूले सोमबार सीबीएस न्यूजलाई युक्रेनको सुरक्षा सेवा (एसबीयू) ले लेफ्टिनेन्ट जनरल (रथी)इगोर किरिलोभलाई मार्ने विस्फोटको पछाडि रहेको बताए।
तर रूसी अधिकारीहरूले तुरुन्तै युक्रेनका नेताहरू विरुद्ध बदला लिने वाचा गरेका थन्।
रुसको संघीय सुरक्षा सेवाले संदिग्धको नाम तोकेको छैन तर उनि सन् १९९५ मा जन्मेको जनाएको छ।
युक्रेनको सुरक्षा सेवाले उनीमाथि आपराधिक आरोप लगाएको एक दिनपछि किरिलोभको मस्कोमा रहेको उनको आवासगृहको भवन बाहिर विद्युतीय दुईपाग्रे( स्कूटर)मा लुकाइएको बमले हत्या गरेको थियो। आक्रमणमा उनका सहयोगी पनि मारिएका थिए ।
प्रतिक्रिया