इरान–इजरायल युद्ध चर्किँदा कतारस्थित अमेरिकी दूतावासको चेतावनी: अमेरिकी नागरिकलाई घरमै बस्न आग्रह

इनेप्लिज २०८२ असार ९ गते १५:२१ मा प्रकाशित

कतारमा रहेको अमेरिकी दूतावासले सोमबार त्यहाँका अमेरिकी नागरिकलाई घरमै बस्न आग्रह गर्दै ‘सावधानीका लागि सुरक्षित स्थानमा बस्न’ चेतावनी जारी गरेको छ। 

दूतावासको सॅजालस्थल( वेबसाइट)मा प्रकाशन गरिएको सूचनामा भनिएको छ, “अत्यधिक सतर्कताका कारण हामी अमेरिकी नागरिकलाई अर्को सूचना नआएसम्म सुरक्षित स्थानमा आश्रय लिन सल्लाह दिन्छौं।”

यसअघि अमेरिकी विदेश विभागले विश्वभर रहेका आफ्ना नागरिकलाई “अत्यधिक सतर्कता अपनाउन” आग्रह गरेको थियो। 

यो चेतावनी अमेरिका इजरायलको पक्षमा इरानमाथि आक्रमणमा सहभागी भएपछि आएको हो। शनिबार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका तीनवटा महत्वपूर्ण आणविक स्थलहरुमा बमबारी गरेका थिए।

यद्यपि मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य गतिविधि उच्चस्तरमा रहेको छ। 

त्यहाँ अमेरिका रहेका विभिन्न सैन्य अड्डा, युद्धपोतहरू, र करिब ४०,००० अमेरिकी सैनिकहरू परिचालनमा छन् ।

प्रतिक्रिया