इजरायली सेनाले इरानको केन्द्रीय भागमा रहेको फोर्डो आणविक केन्द्रतर्फ जाने पहुँच मार्गहरूमा हवाई आक्रमण गरेको जानकारी दिएको छ।
इजरायल रक्षा बलले सोमबार दिएको एक-हरफको वक्तव्यमा भनेको छ,यी आक्रमणहरू “समृद्धिकरण केन्द्रतर्फको पहुँच अवरुद्ध गर्न” गरिएको हो।
यसअघि ३६ घण्टा अगाडि अमेरिकाले उक्त केन्द्रमा भूमिगत सुरुगमा बमबर्षक बिमानहरु प्रयोग गरी आक्रमण गरेको थियो।
आईतबार राति इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी आक्रमणले फोर्डोलाई “गम्भीर क्षति” पुर्याएको बताए।
प्रतिक्रिया