मस्कोमा पुटिन–ईरानी विदेशमन्त्री भेट: अमेरिकी आक्रमणपछि रणनीतिक वार्ता

इनेप्लिज २०८२ असार ९ गते ११:०४ मा प्रकाशित

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार मस्कोमा ईरानी विदेशमन्त्री अब्बास अरगचिसँग उच्चस्तरीय वार्ता सुरु गरेका छन्। क्रेमलिनद्वारा सार्वजनिक गरिएको श्रब्यदृश्य( भिडिओ )अनुसार दुवै नेताबीच वार्ता मैत्रीपूर्ण तर गम्भीर राजनीतिक माहोलमा भइरहेको देखिन्छ।

यो बैठक अमेरिकाद्वारा ईरानका आणविक केन्द्रहरूमा आक्रमण भएपछि भइरहेको हो। ईरान अहिले उक्त आक्रमणको जवाफ कसरी दिने भन्ने गहिरो समीक्षामा रहेको छ।

विदेशमन्त्री अरागचीले आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई अमेरिकी हमलाको “सबैभन्दा कडा भाषामा” निन्दा गर्न आह्वान गरेका थिए। उनले यो हमला अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन भएको र यसको परिणाम अन्तर्राष्ट्रिय स्थायित्वमा गहिरो असर पार्ने चेतावनी दिएका थिए।

पुटिन र अराघचीबीचको वार्ताले रूसी–ईरानी रणनीतिक सम्बन्धलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ

प्रतिक्रिया