इरानको फोर्डो आणविक स्थलमा अमेरिकी हमलाले ‘अत्यधिक क्षति’ पुर्‍याएको आणविक निगरानी निकायको ठहर

इनेप्लिज २०८२ असार ९ गते १०:२१ मा प्रकाशित

संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकाय, अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय(आइएइए ) का प्रमुखका अनुसारइरानको फोर्डो आणविक स्थलको भूमिगत भागमा भएको अमेरिकी हमलाले “अत्यधिक महत्वपूर्ण क्षति” पुर्‍याएको हुन सक्छ। यो आणविक स्थल पहाडको गहिराइमा रहेको छ।

आइएइए प्रमुख राफेल ग्रोसीले सोमबार आइएइएका गभर्नर्स समितिलाई सम्बोधन गर्दै भने, “प्रयोग गरिएको विस्फोटक क्षमता र सेन्ट्रीफ्यूज(केन्द्रापसारक यन्त्र)हरूको अत्यधिक कम्पन-संवेदनशील प्रकृतिलाई ध्यानमा राख्दा धेरै महत्वपूर्ण क्षति भएको अनुमान गरिएको छ।”

यद्यपि, उनले चेतावनी दिदै भने आइएइए लगायत कुनै पनि समूह फोर्डोमा भएको भूमिगत क्षतिको पूर्ण मूल्यांकन गर्न हाल सक्षम छैन।

अमेरिकाले आइतबार बिहान फोर्डो स्थलमा हमला गरेको थियो, जसमा छ वटा बी-२ बमबर्षक विमानहरूले १२ वटा “बंकर-बस्टर” अर्थात् भूमिगत संरचना भेदन गर्ने बम खसालेका थिए । जसमध्ये प्रत्येकको तौल करिब ३०,००० पाउन्ड थियो।

सिएनएनका अनुसार यस हमलाले इरानको आणविक कार्यक्रममा गम्भीर असर पारेको हुनसक्ने अनुमान गरिएको छ, यद्यपि क्षतिको वास्तविक हदबन्दी पत्ता लगाउन अझै समय लाग्नेछ।

प्रतिक्रिया