अमेरिकी विदेश बिभागद्वारा विश्वव्यापी रुपमा अमेरिकी नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह

इनेप्लिज २०८२ असार ८ गते २३:४६ मा प्रकाशित

अमेरिकी विदेश मन्त्रालयले आइतवार एक विश्वव्यापी सुरक्षा चेतावनी जारी गर्दै विदेशमा रहेका आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चेतावनीमा भनिएको छ, “इजरायल र इरानबीचको द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न भागहरूमा हवाई यात्रा अवरुद्ध भएको छ र हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरिएका छन्। यी परिस्थितिहरूले अमेरिकी नागरिक र चासोविरुद्ध विदेशमा प्रदर्शन हुन सक्ने सम्भावना बढाएको छ।”

विदेश मन्त्रालयले आफ्ना नागरिकहरूलाई यात्रा गर्नु अघि देश अनुसारको अद्यावधिक सुरक्षा जानकारी हेर्न र सतर्क रहन स्पष्ट रूपमा सल्लाह दिएको छ।

यो चेतावनी अमेरिकी गृह सुरक्षा विभागले दिएको पछिल्लो चेतावनी पछि आएको हो, जसमा अमेरिका भित्रै पनि “उच्च जोखिमयुक्त वातावरण” रहेको उल्लेख गरिएको थियो।

अमेरिकाबाट इरानमाथि गरिएको हवाई आक्रमणपछि विभागले अमेरिका भित्र साना साइबर आक्रमणहरू र एकल हमलाकारीबाट सम्भावित आतङ्कवादी गतिविधिको खतरा अझै कायम रहेको बताएको छ,।

प्रतिक्रिया