तेहरान नजिकैको ठूलो सैन्य क्षेत्रमा इजरायली आक्रमण: इरानद्वारा क्षेप्यास्त्र प्रहार

इनेप्लिज २०८२ असार ९ गते ०:२३ मा प्रकाशित

इजरायली सेनाले तेहरानको दक्षिणपूर्वमा रहेको पार्चिन ठूलो सैन्य क्षेत्रमा आक्रमण गरेको इरान-सरकार नजिकको सञ्चारमाध्यम नूर न्यूजले सोमबार बिहान जानकारी दिएको छ।

इरानको राजधानी तेहरानको आकाशमा “शत्रु लक्ष्यहरू” विरुद्ध हवाई सुरक्षा प्रणालीले अवरोध गरिरहेको समेत सो समाचारमा उल्लेख गरिएको छ। नूर न्यूज का अनुसार तेहरानसँगै करज शहर (उत्तरी-पश्चिमी तेहरान) मा पनि हवाई प्रतिरक्षा सक्रिय रूपमा शत्रु लक्ष्यहरू रोक्न प्रयासरत रहेको छ।

पार्चिन ठूलो सैन्य क्षेत्र (कम्प्लेक्स)लाई इरानको सैन्य र क्षेप्यास्त्र अनुसन्धानका लागि अत्यन्त संवेदनशील क्षेत्र मानिन्छ। यस क्षेत्रमाथि भएको आक्रमणले मध्यपूर्वमा बढ्दै गएको तनावलाई थप चर्काउने संकेत दिएको छ।

सिएनएनका अनुसार हालसम्म इजरायली सरकार वा सेनाले यस आक्रमणबारे औपचारिक पुष्टि गरेको छैन, तर यदि पुष्टि भयो भने यो तेहरानको नजिकै प्रत्यक्ष सैन्य हमला भएको दुर्लभ घटना मानिनेछ। त्यस्तै गरि इरानले पनि क्षेप्यास्त्र छोडेकोले इजरायलमा पनि सावधानीका लागि प्रयोग हुने चेतावनी घण्टी(साइरन) मध्य इजरायलमा बजाईएको छ ।

प्रतिक्रिया