इजरायलद्वारा तेहरानमा अभूतपूर्व हमला: आणविक र क्षेप्यास्त्र लक्ष्यमा प्रहार, एविन कारागारको प्रवेशद्वार ध्वस्त

इनेप्लिज २०८२ असार ९ गते ११:२८ मा प्रकाशित

इजरायली रक्षा मन्त्री इजरायल काट्जले आईडीएफले “तेहरानको मुटुमा राज्य दमनकारी संयन्त्रहरू” लाई निशाना बनाइरहेको बताए।

सिएनएनका अनुसार आक्रमणहरु बासिज मुख्यालय, राजनीतिक बन्दीहरू र शासन विरोधीहरूका लागि एविन कारागार, क्रान्तिकारी सुरक्षाबलको आन्तरिक सुरक्षा मुख्यालय, विचारधारा कमान्ड केन्द्र र अन्य लक्ष्यहरू समावेश छन्।

रक्षा मन्त्री काट्जले भने, “इजरायली घरमा भएको प्रत्येक हमलाका लागि इरानी तानाशाहलाई सजाय दिइनेछ, र हमलाहरू पूर्ण बलका साथ जारी रहनेछन्।” उनले थपे, “हामी घरको सुरक्षा र शत्रुलाई परास्त गर्नका लागि सबै युद्ध उद्देश्यहरू प्राप्त नभएसम्म कार्य गरिरहनेछौं।”

हालै उत्तरी इजरायललाई निशाना बनाएर इरानी क्षेप्यास्त्र प्रहार भए पनि कुनै चोटपटकको तत्काल कुनै विवरण नआएको सिएनएनले जनाएको छ । अधिकारीहरूलाई नागरिकहरूलाई आश्रय स्थल छोड्न अनुमति दिन प्रेरित गरेको छ। यसैबीच टाइम्स अफ इजरायलका अनुसार, आईडीएफले इरानमा महत्वपूर्ण लक्ष्यहरूमा हमला तीव्र पारेको छ।

रक्षा मन्त्री इजरायल काट्जले इजरायली सेनाले “हाल तेहरानको मुटुमा शासन लक्ष्यहरू र सरकारी दमन निकायहरूमा अभूतपूर्व बलका साथ प्रहार गरिरहेको” बताए।

टाइम्स अफ इजरायलका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार साँझ एक पूर्व-तयारी गरिएको श्रब्यदृश्य(भिडियो) पत्रकार सम्मेलनमा आशावादी हुँदै इजरायलले इरानको प्रकशेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक )र आणविक सुविधाहरू नष्ट गर्ने दोहोरो लक्ष्यतर्फ अघि बढेको दाबी गरे।

यद्यपि, उनले इजरायली कारबाही आफ्ना उद्देश्यहरू पूरा नभएसम्म जारी रहने कुरामा जोड दिए।

इजरायली सेनाले सोमबार इरानको बदनाम एविन कारागारको प्रवेशद्वारमा आक्रमण गरेको इजरायलका रक्षामन्त्री र इरानी राज्य समाचारले जनाएका छन्, यो राजधानी तेहरानमा भएको पछिल्लो हमला हो। इरानको सरकारी आईआरआईबीले प्रकाशित गरेको र सीएनएनले भू-स्थान पत्ता लगाएको श्रब्यदृश्य (भिडियो)एविन जेलको प्रवेशद्वारलाई कालो बादलले ढाकेको देख्न सकिन्छ।

इजरायली सैन्य प्रवक्ता उपरथी एफी डेफ्रीनले इजरायली बिमानहरूले हाल “तेहरान क्षेत्रमा, आईआरजीसी मुख्यालयमा विशेष जोड दिएर क्षति बढाउँदैछन्” भनेका छन्। इजरायलले जुन १३ मा इरानमा आक्रमण गरेदेखि इरानमा धेरै वरिष्ठ आईआरजीसी सदस्यहरूलाई मारेको भने साथै देशको आणविक सुविधाहरूलाई पनि निशाना बनाएको छ।

प्रतिक्रिया