पाकिस्तानले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानी आणविक केन्द्रहरूमा गराइएको बम आक्रमणको कडा निन्दा गरेको छ ।
यो घटनाअघि मात्र उसले भारतसँगको तनाव सुल्झाउने ट्रम्पको प्रयासलाई लिएर नोबेल शान्ति पुरस्कारको योग्य ठहर गरेको थियो।
शनिबार पाकिस्तानले अप्रिल महिनामा भारतीय-नियन्त्रित कश्मीरमा पर्यटकहरू मारिएका घटनापछि भारतसँग बढ्दो तनाव समाधान गर्न राष्ट्रपति ट्रम्पको “निर्णायक कूटनीतिक हस्तक्षेप” र “कुशल नेतृत्व”को प्रशंसा गर्दै युद्ध नजिक पुगेको स्थिति सुल्झाउन अमेरिकाको भूमिका महत्वपूर्ण रहेको बताएको थियो।
तर त्यसको भोलिपल्टै, अमेरिकाले इरानमाथि गरेको आक्रमणलाई लिएर पाकिस्तानले भन्यो ,यो हमला “अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन” हो र यो अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायको विधानविपरीत भएको आरोप लगायो।
प्रधानमन्त्री शहबाज शरीफले आइतबार इरानी राष्ट्रपति मसौद पेसेश्कियानसँग कुराकानी गर्दै अमेरिकाद्वारा बम प्रहार गरिएको स्थानहरू आइएइएको निगरानीमा रहेको भन्दै गहिरो चिन्ता व्यक्त गरे।
पाकिस्तानको इरानसँग गहिरो सम्बन्ध छ । पाकिस्तानले इजरायल विरुद्ध इरानको कारबाहीलाई आत्मरक्षाको अधिकारको रूपमा समर्थन गर्दै आएको छ।
पाकिस्तान संसद्को रक्षा समितिका पूर्व अध्यक्ष मुशाहिद हुसैनले गत हप्ता रोयटर्ससँग कुरा गर्दै ट्रम्प पाकिस्तानका लागि राम्रा छन् भनेका थिए ।
प्रतिक्रिया