इरानले आज इजरायलमाथि एकपछि अर्को क्षेप्यास्त्र हमला गरेको पुष्टि भएको छ।
एक गाडी चलाउदै गर्दा सार्वजनिक गरिएको श्रव्यदृश्य(भिडियो) इजरायलको अशदोद सहर नजिकै क्षेप्यास्त्र विस्फोट हुने क्षण देखिएको छ। प्रभावित क्षेत्रमा आपतकालीन सेवाहरू खटाइएको जनाइएको छ।
अमेरिकी अधिकारीहरूका अनुसार, इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा हमला गर्ने तयारी गरिरहेको देखिएको छ, जसमा कतारको अल-उदेद एयर बेस पनि पर्छ।
अमेरिका र इजरायलको शनिबार इरानमाथि गरिएको आक्रमणपछि इरानको सम्भावित प्रतिक्रिया स्वरूप अमेरिकी सुरक्षाअड्डाहरू तयारी अवस्थामा राखिएको बताइएको छ।
इरानी राष्ट्रपति मसाउद पेजेश्कियानले इरानले युद्ध सुरु नगरेको र नचाहेको भन्दै देशमाथि भएको आक्रमणलाई उत्तर दिइने चेतावनी दिएका छन्।
उनले एक्स)मा लेखे, “हामी हाम्रो प्रिय राष्ट्रको सुरक्षाका लागि अडिग रहनेछौं र इरानको शरीरमा लागेको प्रत्येक घाउको उत्तर विश्वास, बुद्धि र दृढतासाथ दिनेछौं।”
यता, रुसले पनि इरानको पक्षमा स्पष्ट समर्थन जनाएको छ।
रुसी उप–परराष्ट्रमन्त्री सर्गेइ रयाब्कोभले भने, “तेहरानको आत्मरक्षाको अधिकार वैध र उचित हो, र मस्को–तेहरानको साझेदारी अटुट छ।”
प्रतिक्रिया