मध्यपूर्व तनावको बीच कतारद्वारा आकासमार्ग बन्द —परराष्ट्र मन्त्रालय भन्छ: “क्षेत्रीय संकटका बीच सावधानीपूर्ण कदम”

इनेप्लिज २०८२ असार ९ गते १६:४१ मा प्रकाशित

एसोसिएट प्रेस(एपी)का अनुसार इरान–इजरायलबीचको चर्किएको तनावसँगै कतारले आफ्नो आकासमार्ग अस्थायी रूपमा बन्द गरेको छ। 

कतारको परराष्ट्र मन्त्रालयले सोमबार राज्य-नियन्त्रित कतार न्यूज एजेन्सी( निकाय) मार्फत एक विज्ञप्ति जारी गर्दै भन्यो, “यो पछिल्लो क्षेत्रीय परिस्थितिहरूको प्रतिक्रिया स्वरूप लिइएका केही सावधानीपूर्ण कदमहरूमध्ये एक हो।”

विज्ञप्तिमा थप भनिएको छ, “कतारका सम्बन्धित निकायहरूले परिस्थितिको नजिकबाट र निरन्तर निगरानी गरिरहेका छन्, क्षेत्रीय र अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वयमा मूल्याङ्कन गरिरहेका छन्, र आवश्यक जानकारी सार्वजनिकलाई समयमै औपचारिक माध्यमबाट दिनेछन्।”

यसअघि कतारस्थित अमेरिकी दूतावासले अमेरिकी नागरिकलाई घरभित्रै सुरक्षित बस्न चेतावनी दिएको थियो, जुन अमेरिका–इजरायलले संयुक्त रूपमा इरानमाथि गरेको आक्रमणपछि आएको हो। 

प्रतिक्रिया