अमेरिकाको विस्कन्सिन राज्यको एक निजी क्रिस्चियन विधालयमा सोमबार बिहान ११ बजेपछि भएको गोलीकाण्डमा कम्तीमा तीन जनाको मृत्यु भएको र कैयौं घाइते भएको प्रहरीले जनाएको छ।
राज्यको राजधानी म्याडिसनको एबन्डन्ट लाइफ क्रिश्चियन विधालयमा गोली चलेको प्रहरीले जनाएको छ।
म्याडिसनका प्रहरी प्रमुख शोन बार्नेसले सुरुमा सात जनालाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको बताए।
उनीहरुको चोट सामान्य देखि ज्यान जोखिममा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पाँच जनाको ज्यान गएको पनि बताए पनि पछि त्यो संख्यालाई सच्याएर तीन पुगेको जनाईएको छ।
प्रतिक्रिया