लस भेगासको एक अदालतमा न्यायाधीशलाई आक्रमण गरेको अभियोगममा एक व्यक्तिलाई २६ बर्षको कारागार सजाय सुनाइएको छ।
क्लार्क काउन्टी जिल्ला अदालतको न्यायाधीश मेरी के होल्थसमाथि आक्रमण गरेको आरोपमा डेओब्रा रेडेनवाई मंगलबार २६ देखि ६५ वर्षसम्मको जेल सजाय सुनाइएको छ।
३१ बर्षिय रेडेनले सेप्टेम्बरमा हत्याको प्रयास र अन्य आरोपहरूमा मानसिक रूपमा बिरामी भएको स्वीकार गरेका थिए ।
यो हमला जनवरी ३ मा भएको थियो । न्यासाधिश होल्थले रेडेनलाई छुट्टै अपराधिक आक्रमणमा सजाय सुनाउन लागेको बेलामा अचानक डेस्क माथी उफ्रेर न्यायाधिश होल्थ माथी आक्रमण गरेका थिए ।
प्रतिक्रिया