“रुसी आक्रमणमा युक्रेनमा कम्तिमा ३ जनाको मृत्यु : झन्झन खतरनाक बन्दै रुसी-ईरानी-उत्तर कोरियाली मानव रहित यान प्रयोग

इनेप्लिज २०८२ जेठ २९ गते ११:२९ मा प्रकाशित

रुसी मानव रहित यान (ड्रोन )तथा बम आक्रमणले युक्रेनको खार्किभ सहरमा तीन जनाको ज्यान गएको छ भने कम्तीमा ५६ जना घाइते भएका छन्।

जखार्किभका नगर प्रमुख (मेयर )इहोर टेरेखोभका अनुसार आक्रमणमा १०३ भन्दा बढी घरहरू क्षतिग्रस्त भएका छन्। प्रयोग गरिएका हतियारमा इरानी ‘शाहेद’ मानव रहित याँ (ड्रोन), व्यावसायिक एफपिभी र केएबि मानव रहित यानहरु रहेका थिए।

खार्किभ जुन रुसको सीमा नजिकको शहर हो । युद्ध सुरु भएदेखि लगातार निशानामा परेको छ। हालै रूसी सेनाले सीमामा तैनाथी बढाएको र नयाँ आक्रमणको तयारी गरिरहेको बताइएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, “हरेक दिन नयाँ आक्रमण हुँदैछ। रुसमाथि दबाब अझ बढाउनु आवश्यक छ। कूटनीतिमा ल्याउन अब डराएर होइन, निर्णायक निर्णयमार्फत अगाडि बढ्नुपर्छ।”

जेलेन्स्कीका अनुसार, रुसले उत्तर कोरियाबाट प्राक्षेपिक क्षेप्यास्त्र (बलिस्टिक मिसाइल) प्रयोग गरेको प्रमाण भेटिएको छ र रूसी-ईरानी मानव रहित याँ(ड्रोन) प्रविधि पनि उत्तर कोरियासम्म फैलिएको छ। उनले चेतावनी दिए, “यो केवल युरोपका लागि होइन, एशियाका लागि पनि खतरनाक संकेत हो।”

यसैबीच, दक्षिणी खेरसोन र पूर्वी दोनेत्स्कमा थप गोलाबारी हुँदा एक जनाको मृत्यु र कैयौं घाइते भएका छन्। युक्रेनी हवाई सेनाका अनुसार, रुसले रातभरि ८५ वटा मानव रहित यान (ड्रोन) र एक क्षेप्यास्त्रप्रक्षेपण गरेको थियो, जसमा ४९ वटालाई नष्ट गरिएको छ ।

रुसले पनि युक्रेनी ड्रोन आक्रमणको आरोप लगाउँदै आफ्नो क्षेत्रमा विस्फोट भएको बताएको छ।

प्रतिक्रिया