अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन कडाइविरुद्ध हजारौं प्रदर्शनकारीहरू मंगलबार न्यूयोर्क शहरको तल्लो म्यानहटनमा भेला भएका छन्।
प्रदर्शनको क्रममा २६ फेडरल प्लाजा र नजिकैको फोली स्क्वायरमा नामक मार्ग तथा पथमा ८६ जना पक्राउ परेका छन्, जुन स्थानमा न्यूयोर्क शहरमा रहेको आइसीईको प्रमुख सञ्चालन केन्द्र छ।
न्युयोर्क प्रहरीले दिएको जानकारी अनुसार ३४ जनालाई आक्रमण, गिरफ्तारी अवरोध, र सरकारी कार्यमा बाधा पुर्याएको आरोपमा अभियोग लगाइएको छ।
एकजनामाथि लापरवाहीपूर्ण ढंगले अरूलाई खतरामा पार्ने कार्यको आरोप लगाइएको छ।
बाँकी ५२ जनालाई आपराधिक अदालतमा उपस्थित हुन भनिएको समन जारी गरेर रिहा गरिएको हो।
राति ९ बजेपछि प्रदर्शनकारीहरू पुन: २६ फेडरल प्लाजा पुगेपछि न्यूयोर्क प्रहरी बिभागले थप प्रहरी तैनाथ गरेको थियो।
त्यसबेला प्रदर्शनकारीहरूले बिभिन्न फोहोर सडकमा फ्यालेको तथा प्रहरीले पानीको सिसी प्रहार गरिएको जनाएको छ।
उक्त क्षेत्रमा आसपासको क्षेत्रमा भीड नियन्त्रण गर्न संघीय अधिकारीहरूले अश्रुग्यास प्रयोग गरेका थिए।
प्रदर्शनकारी समूहहरूले फेरि बुधबार साँझ ५ बजे फोली स्क्वायर क्षेत्रमा भेला हुन आह्वान गरेका छन्।
प्रतिक्रिया