ताइवानको पूर्वी भाग हुलिएन सहरदेखि ७१ किलोमिटर दक्षिणमा बुधबार साँझ शक्तिशाली ५.९ म्याग्निच्युडको भूकम्प गएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण अनुसार ३१.१ किलोमिटर गहिराइमा गएको यो भूकम्पलाई ताइवानको केन्द्रीय मौसम विभागले ६.४ परिमाण(म्याग्निच्युड)को मापन गरेको छ।
साँझ ७:०१ बजे आएको यो कम्पनले राजधानी ताइपेइसम्म गहिरो असर पुर्याएको थियो। भवनहरू करिब एक मिनेटसम्म हल्लिएका थिए। यद्यपि, हालसम्म कुनै गम्भीर जनधनको क्षति कुनै बिवरण प्राप्त नभएको एविसिन्यूजले जनाएको छ ।
ताइवानमा सन् १९९९ मा आएको ७.७ परिमाणको विनाशकारी भूकम्पपछि सरकारले भवन निर्माण मापदण्डदेखि आपतकालीन प्रणालीसम्म कडाइ गरेकोले हालको भूकम्पमा ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ।
सुरक्षाकर्मीहरू सतर्कमा रहेका छन् र पराकम्पनहरुको निगरानी भइरहेको छ।
प्रतिक्रिया