अमेरिका र चीनबीच गत महिना जेनेभामा भएको व्यापार सम्झौताको कार्यान्वयनका लागि ढाचागत सम्झौता सहमतिमा पुगेको घोषणा अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले गरेका छन्।
त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ट्रुथ सोशलमार्फत लेखे, “हाम्रो चीनसँगको सम्झौता अब पूरा भएको छ, केवल राष्ट्रपति सी र मेरो अन्तिम स्वीकृति बाँकी छ।”
यो महत्वपूर्ण विकास लण्डनमा दुई दिनसम्म चलेको वार्ता र गत साता राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको दूरवार्ता पछि आएको हो।
गत मे महिनामा दुबै पक्षले ९० दिनको व्यापारिक तनाव घटाउने सहमति गरेका थिए, जसअनुसार केही शुल्कहरु घटाइएको थियो।
तर त्यसपछिका हप्ताहरूमा दुबै देशले एक-अर्कामाथि सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै आएका थिए।
अब यो नयाँ ढाचागत सहमति पछिको चरणमा राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबाट अन्तिम स्वीकृतिको अपेक्षा गरिएको छ, जसले व्यापारिक सम्बन्धमा नयाँ दिशा दिन सक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया