पेन्सिलभेनिया सुधार विभागले युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी अधिकारी (सीईओ )ब्रायन थम्पसनको हत्यामा संदिग्ध लुइगी मङ्गिओनको एउटा तस्बिर जारी गरेको छ।
२६ बर्षिय लुइगी मङ्गिओनी मेरील्याण्डमा जन्मे र हुर्केका थिए । फिलाडेल्फियाको पेन्सिलभेनिया विश्वविद्यालयबाट स्नातक गरे। उनलाई आज अल्टोनाबाट पक्राउ गरिएको हो ।
पेन्सिलभेनियाको अल्टोनाको म्याकडोनाल्डबाट उनि पक्राउ परेका हुन् । एक कर्मचारीले प्रहरीलाई सूचना दिए पछि उनि पक्राउ परेका हुन् ।उनले सोमबार साँझ आफ्नो पहिलो अदालतमा उपस्थित भएका थिए र उनलाई ५ वटा अभियोग लगाईएको छ ।
उनलाई सोमबार हिरासतमा लिएपछि अल्टोना, पेन्सिलभेनियामा प्रहरीले आज राति तस्बिर जारी गरेको हो । अदालतमा हाजिरी पछि उनलाई हन्टिङडन, पेन्सिलभेनियाको राज्य सुधार संस्थामा सारिएको छ ।
प्रतिक्रिया