युनाइटेड हेल्थ केयरका प्रमुखको हत्यामा सॅलग्न एक व्यक्तिलाई पेन्सिलभेनियामा पक्राउ गरिएको सिविएसन्यूजले जनाएको छ ।
न्यूयोर्क शहरमा युनाइटेड हेल्थ केयरका प्रमुख ब्रायन थम्पसनको हत्या गरेका सॅदिग्धको नाम सार्वजनिक गरिएको छ ।
न्यूयोर्क प्रहरी बिभागले सॅदिग्ध २६ बर्षिय लुइगी म्यान्गीओन भएको बताएको छ ।
स्थानीय म्याकडोनाल्ड्सका एक कर्मचारीले शंकास्पद देखेर प्रहरीलाई बोलाएपछि उक्त व्यक्तिलाई पेन्सिलभेनियाको अल्टोना नजिकै हिरासतमा राखिएको न्यूयोर्क प्रहरी विभागले जनाएको छ।
सोधपुछ गरिएका व्यक्तिसँग आवाज नआउने सहितको बन्दुक र नक्कली न्यू जर्सी चालक अनुमति पत्र ( ड्राइभर लाइसेन्स) रहेको बिभागले जनाएको छ।
प्रतिक्रिया