ट्रम्प प्रशासनद्वारा जबरजस्ती देश निकाला गरिएका आप्रवासीको पुनः अमेरिका फिर्ती, ऐतिहासिक कानुनी जीत

इनेप्लिज २०८२ जेठ २२ गते २२:२७ मा प्रकाशित

अमेरिकाबाट हतारमा मेक्सिको निष्काशन गरिएका एक ग्वाटेमालाका एक नागरिकलाई ट्रम्प प्रशासनले पुनः अमेरिका फिर्ता गरेको छ। सीएनएनसँग कानुनी टोलीले दिएको जानकारी अनुसार अमेरिकी अदालतको आदेशअनुसार आप्रवासीलाई फर्काइएको यो पहिलो पटक हो।

“ओ.सी.जी.” भन्ने छद्मनाम प्रयोग गरिएका ती आप्रवासी बुधबार अमेरिका आइपुगेका हुन् । र , उनले ट्रम्प प्रशासनविरुद्ध मुद्दा लडिरहेको कानुनी समूहका सदस्यसँग सम्पर्क गरेका छन्। यो जानकारी राष्ट्रिय आप्रवासन मुद्दा सङ्घकी कार्यकारी निर्देशक ट्रिना रियालमुटोले दिइन्।

उनले भनिन्, “यो ऐतिहासिक कदम हो। प्रशासनले देश निकाला गरिसकेपछि कसैलाई पुनः फिर्ता बोलाउनु अत्यन्त दुर्लभ कुरा हो। अदालतको आदेशको पालना गर्दै यस्तो कदम चालिनु न्यायका दृष्टिले ठूलो उपलब्धि हो।”

हालसम्म ओ.सी.जी.लाई अमेरिका कहाँ थुनिनेछ भन्ने स्पष्ट छैन, तर उनलाई अमेरिकी गृह सुरक्षा विभागको निगरानीमा राखिने अपेक्षा गरिएको छ।

यस मुद्दाले ट्रम्प प्रशासनले आप्रवासीहरूलाई त्यस्ता देशमा पठाउने नीतिको आलोचना गरेको छ । यो फिर्ती कदमले कानुनी प्रक्रिया र मानवीय मूल्यहरूको जित भएको स्पष्ट संकेत दिन्छ।

प्रतिक्रिया