मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने धम्की दिए पछि ट्रम्प र ट्रुडो बीच फ्लोरिडाको मारालागोमा भेटघाट

इनेप्लिज २०८१ मंसिर १५ गते २३:०८ मा प्रकाशित

मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशत कर लगाउने धम्की दिए पछि निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो बीच फ्लोरिडाको मरालागोमा भेटघाट भएको छ ।

क्यानडाले संयुक्त राज्य अमेरिका विरुद्ध प्रतिशोधात्मक महसुस लगाउने विचार गर्न सक्छ भन्ने समाचारहरू आई रहदा उनीहरु बीच आश्चर्यजनक बैठक भएको एबिसीन्यूजले जनाएको छ ।

क्यानडाका प्रधानमन्त्री ट्रुडोले निर्वाचित राष्ट्रपति ट्रम्पलाई मारालागो शुक्रबार राति भेट गरेका छन् ।

शनिबार बिहान फ्लोरिडाको वेस्ट पाम बीच(शहर)मा रहेको आफ्नो अतिथी गृह बाहिर पत्रकारहरूसँग कुरा गर्दै ट्रुडोले ट्रम्पसँगको आफ्नो कुराकानी “उत्कृष्ट” भएको तर कुनै थप प्रश्नको जवाफ नदिने बताए।

हामीले धेरै महत्त्वपूर्ण विषयहरू छलफल गर्‍यौं जसलाई सम्बोधन गर्न दुबै देशहरू मिलेर काम गर्न आवश्यक पर्दछ जस्तै फेन्टानिल र लागू औषध संकट अवैध आप्रवासन, अमेरिकी कामदारहरूलाई जोखिममा नपर्ने निष्पक्ष व्यापार सम्झौताहरू, र विशाल व्यापारको परिणाम स्वरूप धेरै जीवनलाई नष्ट गरेको छ,ट्रम्पले आफ्नो समाजिक संजालमा लेखे । क्यानाडासँग अमेरिकी ब्यापार घाटा छ,” ट्रम्पले भने ।

प्रधानमन्त्री ट्रुडोले अमेरिकी परिवारहरूको यो डरलाग्दो विनाशको अन्त्य गर्न हामीसँग काम गर्ने प्रतिबद्धता व्यक्त गरेको ट्रम्पले बताए । साथै दुई बीच ऊर्जा, व्यापार जस्ता अन्य धेरै महत्त्वपूर्ण विषयहरूको बारेमा पनि कुरा गरेको ट्रम्पले उल्लेख गरेका छन् । ट्रुडोको विमान रात्रिभोज अघि गत शुक्रबार पाम बीच अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

प्रतिक्रिया