शिकागो उपनगरमा गोली चल्दा प्रहरी अधिकारीको मृत्यु ,संदिग्ध पक्राउ

इनेप्लिज २०८१ मंसिर १५ गते १३:१८ मा प्रकाशित

अमेरिकाको इलोनोइ राज्यको बिश्व प्रसिद्ध शहर शिकागोको उपनगरमा गोली चल्दा प्रहरी अधिकारीको मृत्यु भएको छ भने संदिग्ध पक्राउ परेका छन् ।

सिबिएसन्यूजक अनुसार ओक पार्कका एक प्रहरी अधिकारीलाई शुक्रबार बिहान बन्दुक लिएर एक व्यक्ति बैंकबाट बाहिर निस्केको खबर प्राप्त भए पछि जवाफ दिने क्रममा उनलाई गोली हानी हत्या गरिएको छ। संदिग्धलाई पनि प्रहरीले गोली हाने पछि हिरासतमा लिएको छ ।

ओक पार्कका प्रहरी प्रमुख शतोन्या जोन्सनले ४० वर्षीय जासुस एलन रेडिन्स मे २०१९ देखि ओक पार्क प्रहरी विभागमा कार्यरत रहेको बताइन । उनी सन् १९३८ पछि कर्तव्यको क्रममा मारिने पहिलो ओक पार्कका प्रहरी अधिकारी हुन् ।

“यो कुनै पनि प्रहरी प्रमुखको सबैभन्दा खराब दिन हो,” जोनसनले भनिन् । “हाम्रो प्रहरी विभाग, हामी अहिले दुखित छौं। मलाई दुख लागेको छ। उनको परिवारलाई चोट लागेको छ। कृपया हामीलाई प्रार्थनामा गर्नुहोस ।”

जोनसनका अनुसार बिहान ९ बजेतिर, रेडिन्सले लेक स्ट्रिट(मार्ग)को १००० भवन समूहमा रहेको चेज बैंकबाट बन्दुक लिएर आएको एक व्यक्तिलाई जवाफ दिने क्रममा उनि त्यहाँ पुगेका थिए

रेडिन्स र अन्य अधिकारीहरूले संदिग्ध व्यक्तिलाई भेटे र उनलाई हात माथी राख्न भने । बन्दुकधारीले रेडिन्सलाई देब्रेपट्टि गोली हाने र अधिकारीहरूले जवाफी प्रहारमा संदिग्धको खुट्टामा गोली हाने।

रेडिन्सलाई गम्भीर अवस्थामा लोयोला बिश्वबिद्यालय अस्पताल (युनिभर्सिटी मेडिकल सेन्टर लगिएको थियो। उनलाई बिहान १०:१० बजे मृत घोषित गरिएको थियो । संदिग्धको पनि लोयोलामा उपचार भइरहेको छ ।

प्रहरीले शुक्रबार दिउँसो रेडिन्सको शव अस्पतालबाट कुक काउन्टीको शव परीक्षणको कार्यालयमा लगेको थियो। शिकागो, ओक पार्क र अन्य उपनगरहरूका दर्जनौं प्रहरी अधिकारीहरू र अग्निनियन्त्रकहरूले अभिवादन गरे । र रेडिन्सको शरीरलाई भित्र लगियो।

रेडिन्सकी आमा र भाइबहिनीसँगै १९ वर्षको छोरा पनि छन् । ओक पार्क प्रहरी विभागमा सामेल हुनु अघि रेडिन्सले महा नगर प्रहरी विभागमा पनि सेवा गरेका थिए। उनी सन् २०२२ देखि ओक पार्कमा जासूस थिए। शुक्रबार साँझ घटनाको अनुसन्धान जारी छ।

प्रतिक्रिया