निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको मन्त्रिपरिषदमा छनोटमा परेका तथा प्रशासनिक नियुक्तिहरू मध्ये धेरैलाई मङ्गलबार राती र बुधबार बिहान “हिंसक” धम्कीको निशाना पारिएको ट्रम्पका प्रवक्ता क्यारोलिन लेभिटले बुधबार एक विज्ञप्तिमा भनिन् ।
“यी आक्रमणहरू बम धम्कीदेखि ‘स्वाटिंग’ अर्थात् शक्तिशाली प्रहार सम्मका थिए,” लेविटले बताइन । “प्रतिक्रियामा, कानून प्रवर्तन तथा अन्य निकायका अधिकारीहरूले लक्षित गरिएकाहरूको सुरक्षा सुनिश्चित गर्न द्रुत रूपमा कार्य गरे। राष्ट्रपति ट्रम्प र सम्पूर्ण संक्रमण टोली उनीहरूको द्रुत कारबाहीको लागि कृतज्ञ छन्।”
संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूतको लागि ट्रम्पको छनोटमा परेकी न्यूयोर्ककी रिपब्लिकनकी सांसद एलिस स्टेफानिक निशाना भएका मध्ये कै एक हुन्।
कांग्रेसकी महिला एलिस स्टेफानिक, उनका पति, र तिनीहरूको तीन वर्षको छोरा थ्यांक्सगिभिङ(धन्यबाद दिवस)को लागि वाशिंगटनबाट साराटोगा काउन्टीमा घर जाँदै गर्दा उनीहरूको निवासमा बमको धम्कीको जानकारी दिइएको थियो।
एफबीआईले धम्कीलाई “गम्भीरताका साथ” लिइरहेको बताएको छ। त्यस्तै ली जेल्डिन, पूर्व कांग्रेस सदस्य हुन् जसलाई ट्रम्पले ईपिएको नेतृत्वमा चयन गरेका छन् । उनि पनि गत बुधबार लक्षित थिए।
“आज हाम्रो घरमा मलाई र मेरो परिवारलाई लक्षित गरी नली बमको धम्की पठाइएको थियो ,प्यालेस्टिनी समर्थक विषयवस्तुको सन्देशको साथ,” उनले एक विज्ञप्तिमा भने। “त्यतिबेला मेरो परिवार र म घरमा थिएनौं र सुरक्षित छौं। हामी हाम्रो परिवार, छिमेकीहरू र स्थानीय समुदायलाई सुरक्षित राख्न स्थानीय अधिकारीहरूले चालेका द्रुत कार्यहरूको लागि आभारी छौं।”
एबिसीन्यूजका अनुसार रक्षा सचिवका लागि ट्रम्पको छनोट भएका पिट हेगसेथ पनि बमको धम्कीको निशानामा परेका छन् ।
आज बिहान एक प्रहरी अधिकारी हाम्रो घरमा सात बच्चाहरू अझै सुतिरहेको समयमा आए ” हेगसेथले एक्समा लेखे । उनीहरूले मलाई र मेरो परिवारलाई लक्षित गरी विश्वसनीय नली बमको धम्की पाएको भन्दै प्रहरी अधिकारीले मेरी श्रीमती र मलाई सूचित गरे ।
हामी सबै सुरक्षित छौं र खतरा हटाइएको छ। हामी कानून प्रवर्तनलाई उनीहरूको व्यावसायिकता र बहादुरीका लागि धन्यवाद दिन चाहन्छौं,उनले भने ।
प्रतिक्रिया