भर्जिनियामा मादक पदार्थ सेवन गरि गाडी कुदाउदा २ जना नेपाली युवाको ज्यान जाँदा नेपाली चालक विरुद्ध ज्यान मार्ने उद्योग मुद्दा,चालकको नाम सार्वजनिक

इनेप्लिज २०८१ मंसिर ७ गते २३:५४ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको स्यानटिली शहरमा सवारी साधन दूर्घटना हुँदा २ जना नेपाली युवकको ज्यान गएकोले चालक नेपाली चालकलाई ज्यान मार्ने उद्योग मुद्दा लगाईएको छ ।

लाउडन काउन्टी शेरिफको कार्यालयले चालकको नाम सार्वजनिक गरेको छ । शेरिफको कार्यालयले मादक पदार्थ सेवन गरि गाडी कुदाउने चालक भर्जिनिया अल्डी शहरका ३० बर्षिय विजय तामाङ भएको जनाएको छ ।

३० वर्षीय तामाङलाई अनैच्छिक हत्या गरेको अभियोग लगाइएको शेरिफको कार्यालयले जनाएको छ । अन्वेषकहरूले दुर्घटनाको कारण रक्सी भएको विश्वास गरेका छन् भने थप आरोपहरू विचाराधीनमा समेत रहेको जनाएका छन् ।

भर्जिनियाको स्यानटिलीमा नोभेम्बर २२ शुक्रबारका दिन बिहान तामाङ्गले चलाएको फोर्ड मस्टाङले रुखलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएका अधिकारीहरूले बताएका छन्।

मस्टाङका चालक तामाङ्गले लाउडन काउन्टी पार्कवे तथा टल सिडार्स पार्कवे नामक सडकको छेउमा रहेको, डलस अन्तर्राष्ट्रिय विमानस्थलको ठीक दक्षिणमा र पूर्वतर्फ जाँदै गर्दा बिहान करिब १२:३० बजे दुर्घटना भएको लाउडन काउन्टी शेरिफको कार्यालयले जनाएको छ।

सन् २०२३ मा निर्मित मस्टाङ गाडी सडक मुनि गइ रूखमा ठोक्किएको थियो । दुर्घटना हुँदा तामाङ्गको एक मात्र कार (सवारी साधन )संलग्न थियो। यात्रु रहेका दुई जनाको मृत्यु भएको शेरिफको कार्यालयले जनाएको छ । उनीहरुको परिचय खुलाइएको छैन ।

तामाङलाई अधिकारीहरूले कारागार पुर्‍याउनु अघि अस्पताल लागेका थिए । दुर्घटनामा उनलाई के कति चोटपटक लागेको हो भन्ने बताईएको छैन । तेस्रो यात्रु पनि घाइते भएको तर अधिकारीहरूले उनको चोटबारे थप विवरण दिई नसकेको एनबिसीवाशिंगटनले जनाएको छ ।

प्रहरीले अनुसन्धान गर्दा टल सेडार्स पार्कवे (मार्ग )करिव ७.५ घण्टा बन्द गरिएको थियो । तामाङलाई बिना धरौटी कारागारमा राखिएको छ ।

अध्यावधिक गरिएको: चारै जना पुरुष भएको पुष्टि :

लाउडन काउन्टी शेरिफ कार्यलयले अघिल्लो समाचारमा तीन यात्रुहरू दुई पुरुष र एक महिलाको रूपमा पहिचान गरेको जनाएको थियो तर पछि चालक सहित अन्य तीन यात्रीहरु पनि पुरुष नै भएको भन्दै सच्याइएको बताएको छ ।

प्रतिक्रिया