एफबीआईद्वारा न्यूयोर्क सट्टा बजार कारोवारमा आक्रमणको योजना बनाएको आरोपमा एक व्यक्तिलाई पक्राउ

इनेप्लिज २०८१ मंसिर ६ गते १२:२२ मा प्रकाशित

एफबीआईले न्यूयोर्क स्टक एक्सचेन्ज(सट्टा बजार)मा आक्रमणको योजना बनाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

डब्लुटिओपिका अनुसार फ्लोरिडाका एक व्यक्तिलाई बुधवार पक्राउ गरिएको छ । यस हप्ता न्यूयोर्क धितोपत्र कारोवारमा बम राखेर दूर नियन्त्रित उपकरणले विस्फोट गर्ने षड्यन्त्र गरेको उनलाई आरोप लगाइएको एफबीआईले बताएको छ ।

कोरल स्प्रिंग्स, फ्लोरिडाका ३० वर्षीय हारुन अब्दुल-मलिक येनरलाई अन्तरराज्यीय वाणिज्यमा प्रयोग हुने भवनलाई क्षति पुर्‍याउन वा ध्वस्त पार्न विस्फोटक उपकरण प्रयोग गर्ने प्रयास गरेको अभियोग लगाइएको छ ।

एफबीआईले गत फेब्रुअरीमा येनरलाई भण्डारण इकाईमा “बम बनाउने योजनाहरू” भण्डारण गरिरहेको सूचनाको आधारमा अनुसन्धान थाले। एफबीआईका अनुसार बम बनाउने चित्रहरू, बिधुतिय उपकरण र विस्फोटक उपकरणहरू निर्माण गर्न प्रयोग गर्न सकिने अन्य बिधुतिय उपकरण फेला पारेका थिए । एफबीआईका अनुसार उनले २०१७ देखि बम बनाउने कुराहरू बिधुतिय माध्यम( अनलाइन)मा खोजेका थिए।

येनरले एफबीआईलाई उनी धन्यबाद दिवस (थ्यांक्सगिभिङ)को एक हप्ता अघि बम विस्फोट गर्न चाहेको बताए ।

प्रतिक्रिया