गाजामा हात काटिएका किशोर हात लगाउन अमेरिका आई पुगे

इनेप्लिज २०८१ मंसिर ४ गते ११:५५ मा प्रकाशित

गाजामा हात काटिएका किशोर हात लगाउन अमेरिका आई पुगेका छन् । दिया अल-हक्क नामक किशोरले ओरेगन राज्यको पोर्टल्याण्ड उनले चिकित्सा हेरचाह पाउने एबिसीन्यूजले जनाएको छ ।

दुवै हात गुमाएपछि घाइते गाजाका किशोर उपचारका लागि अमेरिका पुगेका हुन् । १५ वर्षीया दिया अल-हक्कले प्यालेस्टिनी बाल राहत कोषको सहयोगमा पोर्टल्याण्ड ओरेगनमा आफ्नो चोटपटकको लागि चिकित्सा हेरचाह प्राप्त गर्नेछन्।

इजरायल–हमास युद्धका क्रममा गाजामा गम्भीर घाइते भएका एक किशोरको उपचारका लागि अमेरिका ल्याईएको हो ।

गाजामा रहेको एउटा कफी पसलमा इजरायली क्षेप्यास्त्र आक्रमण हुँदा १५ वर्षीया दिया अल हक्क घाइते भएका थिए । दियाको पाखुरामा गम्भिर चोट लागेको थियो भने उनको कुहिनो मुनि दुवै हातमा विच्छेदन गरिएको थियो।

दिया र उनकी बहिनीअया शनिबार शिकागोको ओहेर अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए । सामाजिक सञ्जालमा साझा गरिएका श्रब्यदृश्य (भिडियो)हरूले पांग्रेकुर्सि (व्हीलचेयर(मा बसेर प्यालेस्टिनी झण्डा फहराउँदै हर्षोल्लास गर्ने भीडमा आइपुगेको देखाइएको छ।

विश्व स्वास्थ्य संगठन र गैर-नाफामुखी मानव सरोकार अन्तर्राष्ट्रिय र एफएजेआर वैज्ञानिक लगायत दिया सहित आठ गम्भीर घाइते बालबालिका र उनीहरूका साथीहरूलाई गाजाबाट चिकित्सा हेरचाहको लागि अमेरिका ल्याइएको एबिसीन्यूजले जनाएको छ ।

प्रतिक्रिया