न्युयोर्क । हालै संयुक्त राज्य अमेरिकाको न्युयोर्क म्यानह्याट्टनमा सम्पन्न आठौं “नेपाल डे परेड २०२५” मा पुर्याएको अभूतपूर्व योगदानको कदर गर्दै नेपाल डे परेडले “आईकन अफ दि नेपाल डे परेड २०२५” उपाधीबाट कृष्ण आचार्यलाई सम्मान गरेको छ ।
नेपल डे परेड समवन्धि बसेको टाऊनहल मिटिंगले कृष्ण आचार्यलाई आर्थिक संयोजकको उत्तरदायित्व दिएको थियो । सो उत्तरदायित्व आचार्यले सहर्ष स्विकार गर्दै आफ्नो भागमा परेको आर्थिक संकलनको पाटोलाई अहोरात्र खट्दै लगभग ३६ हजार अमेरिकी डलर संकलन गरेका थिए ।
साथै कार्यक्रम सफल बनाउन अमुल्य योगदान पुर्याए बापत नेपाल डे परेड २०२५ का अध्यक्ष छिरिंग शेर्पाले गत जुन १,२०२५ आईतबार सॅाझ क्विन्सको ज्याक्सन हाईट्समा आयोजित एप्रिसिएसन नाईट कार्यक्रममा उक्त सम्मान आचार्यलाई कार्यक्रमका प्रमुख अतिथी संयुक्त राष्ट्र संघका लागी नेपालको तर्फबाट सहायक स्थायी प्रतिनिधी कौशल किशोर रायको हातबाट हस्तान्तरण गरिएको थियो।
आचार्य नेपाल डे परेड २०२५ का आर्थिक संयोजकका साथै लायन्स क्लब क्विन्स बुद्ध, न्युयोर्कका चार्टर्ड अध्यक्ष र जमैका नेपाली समाजका अध्यक्ष पनि हुन् । उनले न्युयोर्क नेपाली समाजमा बिगत २ दशक देखि समाजसेवा माध्ययमबाट समाज परिबर्तनका निमित्त योगदान पुर्याउदै आईरहेका छन।
परेडको आयोजक एनआरएनए न्यूयोर्क स्टेट च्याप्टरका सभापति छिरिङ्ग शेर्पा तथा प्रमुख अतिथिलें संयुक्तरूपले आचार्यलाई सम्मान गरेका थिए ।
प्रतिक्रिया