अमेरिकाको म्यासाचुसेट्स राज्यका एक किशोर विद्यार्थी मार्सेलो गोम्स द सिल्भालाई अमेरिकी आप्रवासन अधिकारीहरूले भलिबल अभ्यास जान लाग्दा गिरफ्तार गरेपछि उनलाई न्यायाधीशले धरौटीमा रिहा गर्ने आदेश दिएका छन्।
१८ वर्षीय द सिल्भा, जो ७ वर्षको उमेरमा ब्राजिलबाट अमेरिका आएका थिए, गत शनिबार आइसिइ अधिकारीहरूले पक्राउ गरेका थिए। एपीका अनुसार अधिकारीहरूले वास्तवमा उनका पितालाई खोज्दै थिए जसको गाडी मार्सेलो चलाइरहेका थिए। सो गाडी (कार )एक साथीको घर अगाडि अडान गरिएर राखिएको थियो।
उनका वकिल रोबिन नाइसले भनिन्, “उनि निर्दोष छन्। उनलाई जबरजस्ती पक्राउ गरिएको हो।” द सिल्भालाई २,००० डलर धरौटीमा बिहीवार रिहा गरिएको हो।
नाइसका अनुसार उनलाई झ्याल बिहीन कोठामा २५–३५ अन्य व्यक्तिसँग सुताइएको थियो । उनलाई न बाहिर जान दिइयो न स्नान गर्ने अनुमति दिइएको वकिलले बताइन ।
गृह सुरक्षा विभागले सिल्भाका पितालाई ‘सार्वजनिक सुरक्षाको खतरा’ भनेको छ, जो बस्ती क्षेत्रमा १०० माइल प्रतिघण्टा गतिमा सवारी चलाउने गरेको आरोप लगाइएको छ।
हाल सिल्भाको विद्यार्थी प्रवेशाज्ञा (भिसा) सकिएको छ । अब उनलाई निष्कासन प्रक्रिया अगाडि बढाइएको छ। तर संघीय न्यायाधीशले उनलाई म्यासाचुसेट्स बाहिर सार्नुअघि ४८ घण्टा अघि अदालतलाई जानकारी दिन आदेश दिएका छन्। उनको बिद्यालय मिल्फोर्ड हाईमा विद्यार्थीहरूले प्रदर्शन गरे भने भलिबल टोलीले उनको सम्मानमा खेल समर्पण गरेको एपीले जनाएको छ ।
उनका पिता जोआओ गोम्स पेरेइराले भावुक अपिल गर्दै भने, “मार्सेलो हाम्रो जीवन हो। अमेरिका महान् देश हो, कृपया मेरो छोरालाई घर फर्काइदिनुहोस्।”
प्रतिक्रिया