हार्वर्डको कडा कानुनी जवाफ: ‘विद्यार्थीमाथिको रोक राष्ट्रहित होइन, हार्वर्ड फेरि अदालतको शरणमा

इनेप्लिज २०८२ जेठ २३ गते २३:४८ मा प्रकाशित

हार्वर्ड विश्वविद्यालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी विद्यार्थीमाथिको रोकलाई गैरकानुनी बदला भन्दै फेरि अदालतको ढोका ढकढक्याएको छ। हार्वर्ड न्यायालयको शरणमा पुगेको छ ।

एपीका अनुसार बिहीवार दायर गरिएको संशोधित उजुरीमा हार्वर्डले ट्रम्पको नयाँ कदमलाई अघिल्लो अदालतको आदेशबाट बच्न गरिएको “कानुनी छल” भनेको छ। अघिल्लो महिनामा बोस्टनको संघीय न्यायाधीशले गृह सुरक्षा बिभागको त्यो प्रयासलाई रोक लगाएका थिए, जसले हार्वर्डलाई विदेशी विद्यार्थी राख्न नपाउने निर्णय गरेको थियो।

हार्वर्डको नयाँ उजुरीमा भनिएको छ ,“राष्ट्रपतिको यो कदम अमेरिकाको हितका लागि होइन, हार्वर्डमाथि सरकारी बदला लिन गरिएको हो,”

संशोधित उजुरीले अघिल्लो महिनाको मुद्दामा उठाइएका संवैधानिक अधिकारको उल्लंघनलाई पुनः दोहोर्‍याउँदै हालको कदमलाई पनि रोक्न माग गरेको छ।

हार्वर्डले ट्रम्प प्रशासनको माग अस्वीकार गरेपछि यो प्रतिबन्ध लगाइएको बताउँदै अदालत समक्ष न्यायको माग गरेको हो।

संघीय न्यायाधीशले अघिल्लो निर्णयमा हार्वर्डको पहिलो संशोधन अधिकार उल्लंघन भएको मान्दै प्रशासनको कदममा रोक लगाएका थिए। अब, विश्वविद्यालयले ट्रम्पको पछिल्लो घोषणालाई पनि अदालत मार्फत रोक लगाइदिन आग्रह गरेको छ।

प्रतिक्रिया