“अन्तर्राष्ट्रिय विद्यार्थीहरूमाथि ट्रम्पको रोक: हार्वर्डको आक्रोश — ‘यो गैरकानुनी बदला हो'”

इनेप्लिज २०८२ जेठ २३ गते २२:३७ मा प्रकाशित

ट्रम्पले हार्वर्डलाई “अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि अब विश्वासिलो संस्था छैन” भनेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी विद्यार्थीहरूलाई हार्वर्ड विश्वविद्यालयमा पढ्न रोक लगाउने एउटा नयाँ राष्ट्रपतिको घोषणा (प्रोक्लेमेशन) गत बुधबार अपराह्न हस्ताक्षर गरेपछि हार्वर्डले यसलाई “अझै एउटा गैरकानुनी बदला” भन्दै कडा आपत्ति जनाएको छ।

हार्वर्डले एक विज्ञप्तिमा भन्यो, “यो पहिलो संशोधन उल्लंघन गर्ने प्रशासनको अर्को गैरकानुनी बदला हो। हार्वर्ड अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा गर्न प्रतिबद्ध छ।”

नयाँ घोषणामा, ट्रम्पले आप्रवासन तथा राष्ट्रियता ऐनको प्रयोग गरी कम्तिमा ६ महिनासम्म विदेशी नागरिकहरूलाई हार्वर्डमा पढ्न अमेरिका प्रवेश गर्न रोक लगाएका छन्। ट्रम्पले हार्वर्डलाई “अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि अब विश्वासिलो संस्था छैन” भनेका छन्।

यो घोषणाले अमेरिका भित्र रहेका हार्वर्डका विदेशी विद्यार्थीहरूको प्रवेशाज्ञा (भिसा )खारेज गर्न परराष्ट्र सचिवलाई निर्देशन पनि दिएको छ।

“हार्वर्डले विदेशी मुलुकहरूसँग व्यापक सम्बन्ध राखेको, विद्यार्थी चयनमा भेदभाव गरेको, र अन्तर्राष्ट्रिय विद्यार्थीहरूबारे जानकारी दिन अस्वीकार गरेकोले यस्तो निर्णय गर्नु परेको हो,” ट्रम्पले भने।

घोषणामा हार्वर्डमा अपराध दर “धेरै बढेको” दाबी गर्दै सरकारले विदेशी विद्यार्थीहरूको सम्भावित अनुचित गतिविधिमा अनुसन्धान गर्नुपर्ने बताइएको छ।

गत महिनामात्रै ट्रम्प प्रशासनले हार्वर्डको विद्यार्थी तथा विनिमय कार्यक्रम रद्द गर्ने प्रयास गरेको थियो, जुन संघीय न्यायाधीशले रोक लगाएका थिए।

प्रतिक्रिया