ट्रम्पद्वारा सन डफीलाई यातायात सचिवमा मनोनित

इनेप्लिज २०८१ मंसिर ४ गते १:११ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सन डफीलाई यातायात सचिवमा मनोनित गरेका छन् ।

ट्रम्पले सोमबार विस्कन्सिनका पूर्व सांसद शन डफीलाई यातायात सचिवको लागि मनोनीत गरेको घोषणा गरे । तर उनको यो पदलाई सिनेटले अनुमोदन गर्न आवश्यक भएको एबिसीन्यूजले जनाएको छ ।

“उनले अमेरिकाको राजमार्ग, सुरुङ, पुल र बिमानस्थलर्टहरूको पुनर्निर्माण गर्दा उत्कृष्टता, दक्षता, प्रतिस्पर्धात्मकता र सौन्दर्यलाई प्राथमिकता दिने छन् ,” ट्रम्पले एक विज्ञप्तिमा भनेका छन्।

“उनले हाम्रो राष्ट्रिय सुरक्षामा सम्झौता नगरी हाम्रो बन्दरगाह र बाँधहरूले हाम्रो अर्थव्यवस्थाको सेवा गर्ने सुनिश्चित गर्नेछन् ।

डफी फक्स व्यबसाय (बिजनेस)मा “द बटम लाइन” नामक कार्यकमका सह- प्रस्तोता हुन् । साथै फक्स समाचारका योगदानकर्ता पनि हुन् ।

प्रतिक्रिया