डिसी महानगर क्षेत्रमा पासा ब्याण्डको लोकप्रियता चुलिदै ,समुदायमा यत्र तत्र सर्वत्र चर्चा (बिशेष तस्बिरहरु सहित)

इनेप्लिज २०८१ कार्तिक ३० गते २३:४५ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेपाली मूलका युवाहरुले स्थापित गरेको पासा ब्याण्डको लोकप्रियता चुलिदै छ भने समुदायमा यत्र तत्र सर्वत्र चर्चाको शिखरमा पुगेको छ । पासा ब्याण्डलाई यस भेकको उत्कृष्ट संगीत मण्डल (ब्याण्ड)मध्ये कै एक मानिन्छ ।

यस क्षेत्रमा सर्वाधिक सांगीतिक कार्यक्रमको माध्यमबाट नेपाली समुदायलाई मनोरंजन प्रदान गर्नुको साथै हरेक समुदायमा उनीहरुको प्रस्तुती हेर्न पाइन्छ । युवा जोश जाँगर र राम्रो प्रस्तुतिको कारण पासा ब्याण्डलाई कतिपय स्थानमा भ्याईनभ्याईको अवस्था भएको समुदायले महसुस गरेका छन् । यस क्षेत्रमा उनीहरुको निकै ठूलो माग रहेको छ । समुदायले पासा ब्याण्डलाई राम्रो र सकारात्मक रुपमा लिने गर्छन् ।

अमेरिकी व्यस्त जीवनमा नेपाली समुदायलाई सप्ताहान्तमा मनोरन्जन कसरी प्रदान गर्न सकिन्छ भन्दै बारम्बार यस क्षेत्रमा थुप्रै प्रस्तुती दिई रहेका हुन्छन् । नेपाली समुदायलाई मनोरंजन प्रदान गर्न कहिले नथाक्ने पासा ब्याण्ड(संगीत मण्डली)ले डिसी क्षेत्रमा अनगिन्ती कार्यक्रमहरु दिई सकेका छन् । यस क्षेत्रका नेपाली समुदायले पासा ब्याण्डलाई उनीहरुको प्रस्तुतिको लागि समेत अनुरोध गरि रहेका हुन्छन् ।

पासा ब्याण्डले नेपाली समुदायको भावना बुझ्दै निसर्त र निस्वार्थ रुपमा समुदायलाई सहयोग गर्नुको साथै आर्थिक भार ज्यादा नपर्ने गरि पटक पटक डिसी क्षेत्रमा सांगीतिक कोसेली स्वयम पासा ब्याण्ड सहित अन्य नेपालबाट आएका कलाकारहरुको आयोजना गर्न कहिले पछि हट्दैनन् । यसरी नेपाली समुदायले पासाब्याण्डको माध्यमबाट थुप्रै सांगीतिक कार्यक्रम समेत हेर्न पाएका छन् ।

समुदाय उनीहरु प्रति कृतज्ञ छन् । पासा ब्याण्डका संस्थापक र प्रमुख आशिष भडेल हुन् भने उक्त संगीत मण्डलको उनि स्वयम् गायक हुन् । डिसी क्षेत्रमा पटक पटक सांगीतिक कार्यक्रम आयोजना समेत गर्नु पर्ने हुनाले भडेलले एकेबी नामक संस्था सन् २०२३ मा स्थापना गरे। सन् २०२३ देखि अहिले सम्म अन्य संगीत मण्डल तथा कलाकारहरुका ७ वटा कार्यक्रमहरु नेपाली समुदायको लागि गरि सकेका छन् ।

जस्मा एक्स ब्यान्ड, विपुल क्षेत्री र ट्राभलिङ ब्यान्ड, अस्मिता अधिकारी, स्वप्न सुमन, मन्त्र ब्यान्ड, कबवेब र द एलिमेन्ट्स लगायत कार्यक्रम एकेबिले आयोजना गरेको छ । हरेक कार्यक्रममा पासा ब्याण्डले प्रस्तुति गर्दै आएको छ ।

पासा ब्यान्डलाई डिसी महानगर क्षेत्रको उत्कृष्ट ब्यान्डको रूपमा चिनिन्छ।। धेरैले पासा ब्यान्डलाई मन पराउँछन् किनभने तिनीहरू सबै प्रकारका गीतहरू र तिनीहरूका मौलिक गीतहरू पनि प्रस्तुत गर्छन्। पासा ब्यान्डका चर्चित गीतहरू बिदेशी सपना र कास्को माया..रहेका छन् । चाँडै नै आफ्ना नयाँ गीतहरु पनि सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।

अमेरिकी व्यस्त जीवनको बाबजुद सन् २००९ देखि ययता कूल ५० भन्दा बढी कन्सर्ट(सांगीतिक प्रस्तुति )हरू प्रदर्शन गरेका छन् । भडेलले पनि धेरै स्थानीय ब्यान्ड(संगीत मण्डल)लाई मौका दिएका छन् । उनीहरूलाई दिइएको मंच (प्लेटफर्म)मार्फत आफ्नो प्रतिभा देखाउन सकून् भन्दै प्राथमिकता दिदै आएका छन् ।

प्रतिक्रिया